मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ६ मंगलबार ०७:५३:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सूर्य नेपाल च्यालेन्ज १९ देखि २२ वैशाखमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ६ मंगलबार ०७:५३:००

 सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सूर्य नेपाल च्यालेन्ज प्रतियोगिता १९ देखि २२ वैशाखसम्म हुने भएको छ । प्रतियोगिता गोकर्ण गल्फ कोर्समा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । ७२ होलमा हुने प्रतियोगितामा ५६ खेलाडीले प्रतिस्पर्धा गर्ने गोकर्ण गल्फ कोर्सका निर्देशक दीपक आचार्यले बताए ।

उनका अनुसार प्रतियोगितामा ३६ प्रोफेसनल तथा २२ एमेच्योर खेलाडी रहनेछन् । ३६ होलपछि कट लागू गरिनेछ । ३६ होलपछि अन्तिम चरणको खेल सुरु हुनेछ । प्रतियोगिताका लागि खेलाडीहरूले अभ्यास चरणमा प्रतिस्पर्धा गरिसकेका छन् । प्रतियोगिताको कुल धनराशी पाँच लाख ४५ हजार रुपैयाँ रहेको छ । 

विजयी खेलाडीले एक लाख र उपविजेता खेलाडीले ६५ हजार रुपैयाँ प्राप्त गर्ने आचार्यले बताएका छन् । यसैगरी तेस्रो स्थानमा रहने खेलाडीले ४६ हजार रुपैयाँ जित्नेछन् । शीर्ष २१ स्थानमा रहने खेलाडी नगदसहित पुरस्कृत हुनेछन् । प्रतियोगितामा भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, राम थापा तथा एमेच्योर इभेन्टका विजेता सुवास तामाङलाई उपाधि दाबेदार खेलाडीका रूपमा हेरिएको छ ।

शुक्रबहादुर तामाङ अहिले भारतमा व्यावसायिक गल्फ टुरमा प्रतिस्पर्धा गरिरहेका छन् । एनपिजिए र आरएनजिसीका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले प्रतियोगितामा प्रोफेसनल तथा एमेच्योरका खेलाडीबाट स्कोरिङ कम हुन सक्ने बताए ।