१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o९:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रिन्स दाहाल र रसिलालाई उपाधि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:१६:oo

रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले बिहीबार दोस्रो योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला वरीयता ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुरुष एकलको फाइनलमा प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१–१७ र २१–१० ले हराई उपाधि जितेका हुन् । उपाधिसँगै प्रिन्सले एक लाख १५ हजार र उपविजेता नवीनले ५५ हजार रुपैयाँ प्राप्त गरेका छन् । तेस्रो भएका दीपेश धामी र प्रफुल महर्जनले समान १५–१५ हजार रुपैयाँ हात पारे । 

यसैगरी महिलातर्फ उपाधि जित्ने क्रममा रसिलाले आर्मीकै अनुमाया राईलाई २१–१२ र २१–१८ ले पाखा लगाइन् । रसिलाले एक लाख १५ हजार र अनुमायाले ५५ हजार रुपैयाँ हात पारे । तेस्रो भएका प्रार्थना देउवा र जेसिका गुरुङलाई जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिएको थियो । पुरुष डबल्समा रिभाइभका प्रिन्स र आर्मीका नवीनको जोडीले उपाधि जित्यो । प्रिन्सको जोडीले आर्मीका पविन लिङथेब र सुरोज महर्जनको जोडीलाई फाइनलमा १८–२१, २१–९ र २१–१८ ले पाखा लगाएको थियो । 

यसैगरी यू–१५ पुरुष एकलमा सिल्क समूहका कविर केसीले एनआरएनका साहिल चन्दलाई २१–१९ र २१–१७ को सेटमा हराएर उपाधि जिते । यू–१९ पुरुष एकलमा आर्मीका सन्तोष पनेरूले सिल्क ग्रुपका नरेन्द्र बमलाई २१–१२, १९–२१ र २१–१७ ले हराएर उपाधि हात पारेका छन् । यू–१९ महिला एकलको उपाधि जित्ने क्रममा आर्मीकी प्रार्थना देउवाले आर्मीकै रोज पाण्डेलाई २१–१९, १३–२१ र २१–१४ को सेटम हराइन् । यू–१५ महिला एकलमा आर्मीकी रोज पाण्डेले बिबिएकी रोजी राईलाई २१–६ र २१–१० ले हराएर उपाधि हात पारिन् । 

यसअघि सेमिफाइनलमा नवीनले एपिएफका दीपेश धामीलाई २१–१९, १२–२१ र २१–१९ को सेटमा पराजित गरेका थिए । प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई १९–२१, २१–१७ र २१–१६ को सेटमा हराए । महिला एकलको सेमिफाइनलमा आर्मीकी अनुमायाले आर्मीकै प्रार्थना देउवालाई १६–२१, २१–१८ र २१–१५ तथा आर्मीकी रसिलाले एपिएफकी जेसिका गुरुङलाई २१–१४ र २१–११ को सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।

हरिलाल धर्मदेवी मेमोरियल ट्रस्ट तथा अपी स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको प्रतियोगिताको विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र प्रतियोगिता संयोजक सुवास श्रेष्ठले पुरस्कृत गरेका थिए ।

यू–१५ पुरुष सिंगल्समा सिल्क ग्रुपका कविर केसीले स्पोर्ट्स हबका सुनील कार्कीलाई २१–१३ र २३–२१ तथा एनआरएनका साहिल चन्दले उदयपुरका रुमुहाङ राईलाई २१–१५ र २१–१९ को सोझो सेटमा हराउँदै फाइनल भिडन्त पक्का गरे । 

ad
ad