१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका अस्ट्रेलिया
२o८१ बैशाख २१ शुक्रबार २२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अस्ट्रेलियामा पहिलोपटक आतिसबाजी गर्दै मनाइयो नेपाली नयाँ वर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अस्ट्रेलिया
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २२:o५:oo

अस्ट्रेलियामा पहिलोपटक आतिसबाजीसहित नेपाली नयाँ वर्ष मनाइएको छ । नेपालको कलासंस्कृति झल्किने झाँकीसहितको प्रस्तुति र आकर्षक आतिसबाजीसहित अस्ट्रेलियाको राजधानी क्यानबेरामा नयाँ वर्ष २०७९ धुमधामले मनाइएको हो ।

नयाँ वर्ष मनाउन हजारौँ नेपाली क्यानबेरास्थित लेनक्स गार्डेनमा उपस्थित भएका थिए । सनातन समाज अस्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसिटी) का यातायातमन्त्री क्रिस स्टिल र एसिटीकै प्रतिपक्षी दलकी नेतृ एलिजावेथ ली, कार्यवाहक राजदुत कुलबहादुर मगर, अस्ट्रेलियाका नेपाली सामुदायिक संस्थाहरूको महासंघ (फेन्का) का अध्यक्ष डा. कृष्ण हमाल पनि उपस्थित थिए । 

यस्तै, दीपक गुप्ता, जेन हियात, अमरदीप सिंह, कमलराज कुँवर, स्टेफेन होम्सलगायत अस्ट्रेलियामा स्थापित नेपाली तथा प्रतिष्ठित स्थानीयहरू पनि नेपाली नयाँ वर्ष मनाउन उपस्थित थिए ।

अस्ट्रेलियामा नेपाल र नेपालीको पृथक पहिचान स्थापित गर्न कार्यक्रम आयोजना गरिएको आयोजक सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले बताएका छन् । ‘नेपालको संस्कृति निकै समृद्ध र विविधतापूर्ण छ । चाडवर्प, झाँकी, जात्रालगायतका उत्सव हाम्रो कलासंस्कृतिका पहिचान हुन् । हामीले अस्ट्रेलियामा त्यही मौलिकता प्रस्तुत गर्न खोजेका हौँ,’ अध्यक्ष मल्लले भने ।
तस्बिरः दीपेन्द्र घिमिरे र अभिषेक महर्जन
 

ad
ad