१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको संख्या १७६ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:२६:oo

नेपाल र क्यारिबियन मुलुक बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको संख्या एब सय ७६ पुगेको छ । नेपाल र बेलिजबीच यही अप्रिल १ मा दुवै मुलुकका संयुक्त राष्ट्रसंघका लागि राजदूत/स्थायी प्रतिनिधिले सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपालसँग दौत्य र कूटनीतिक सम्बन्ध भएका मुुलुकको विस्तारले अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि थप फराकिलो भएको उल्लेख गरे । मन्त्रालयका पछिल्ला गतिविधि र प्रगतिबारे जानकारी गराउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अप्रिल १ देखि ३ सम्म भारतको तीनदिने औपचारिक भ्रमणले दुवै मुलुकका सम्बन्धका बहुआयामिक क्षेत्रमा छलफल भएको र दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने सम्बन्धमा फलदायी भएको बताए । 

यसैगरी, सभामुख अग्निप्रसाद सापकोटाले यही ८ अप्रिलमा चिनियाँ जनवादी गणतन्त्रको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सुसँग भर्चुअल वार्ता गरेकोबारे प्रवक्ता लम्सालले जानकारी गराए ।

ad
ad