१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १४:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सडक दुर्घटनामा परी दुई प्रहरीको मृत्यु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:२७:oo

ओखलढुंगामा जिप दुर्घटना हुँदा दुईजना प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा.१७च १०९४ नम्बरको जिप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका– ६, भडारे खोलानजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको हो । 

दुर्घटनामा अन्य सातजना घाइते भएका छन् । घाइते भएका प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भूपेन्द्र खनाल र प्रहरी जवान रूपक विष्टलाई थप उपचारका लागि हेलिकाेप्टरमार्फत काठमाडाैं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक एवं प्रहरी प्रवक्ता उद्धव पोखरेलले जानकारी दिए । प्रवक्ता पोखरेलका अनुसार अन्य घाइतेको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थकेयर र आस्था लाइफ हेल्थकेयरमा उपचार भइरहेको छ । 

दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश १ को राजधानी विराटनगर जाँदै गरेका प्रहरी रहेको प्रहरीले जनाएको छ । 
 

ad
ad