१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ३० बुधबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत ३० बुधबार १२:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँचखालको मेयरमा नेकपा एसबाट भेटवालको चर्चा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत ३० बुधबार १२:४४:oo

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा संरक्षण अभियन्ता तथा करातेका अन्तर्राष्ट्रिय खेलाडी सूर्यबहादुर भेटवालको चर्चा सुरु भएको छ।  नेकपा एकीकृत समाजवादीबाट आकांक्षीका रूपमा भेटवालको चर्चा चलेको हो। 

पाँचखालमा एकीकृत समाजवादीबाट नगर कमिटी अध्यक्ष रविन्द्रराज सिपखान, नगर कमिटी सचिवसमेत रहेका भेटवाल र जिल्ला कमिटी सदस्य रणबहादुर बोहराले दाबी प्रस्तुत गर्दै आएका छन्।
 
पाँचखालमा गठबन्धन गरेर जाने पाँचदलीय गठबन्धनको निर्णयपछि नगरप्रमुखको उम्मेदवारीमा सहमति जुट्न सकेको छैन। नेकपा एसको जिल्ला कमिटीले वैशाख २ भित्र पालिका र वडा तहको उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ।