
राष्ट्रिय सूचना आयोगले वैशाख १५ भित्र सूचना अद्यावधिक गर्न निर्देशन दिएको छ। आयोगले प्रत्येक तीन महिनामा स्वतः सूचना प्रकाशन गर्नुपर्ने व्यवस्थाअनुसार यस्तो निर्देशन दिएको हो।
सूचना आयुक्त रत्नप्रसाद मैनालीका अनुसार ‘सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र ४ बमोजिम प्रत्येक तीन–तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने तेस्राे त्रैमासिकको विवरण वैशाख १५ भित्र प्रकाशन गर्न–गराउन आयोगले सार्वजनिक निकायलाई निर्देशन दिएको हो।
ऐनमा सार्वजनिक निकायले आफ्नो कार्यालयको सूचना प्रत्येक तीन महिनामा अद्यावधिक गरी प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ।