१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

महासंघको महानिर्देशकमा अवस्थी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:३६:oo

नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् । महासंघको आइतबारको कार्यसमिति बैठकले आइतबारदेखि नै लागू हुने गरी अवस्थीलाई महानिर्देशकमा नियुक्त गरेको एक सदस्यले जानकारी दिए । अवस्थी एक वर्ष तीन महिनादेखि महासंघमा उपमहानिर्देशकका रूपमा कार्यरत छन्।

 
नवनियुक्त महानिर्देशक अवस्थीले यसअघि संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यको सल्लाहकारका रूपमा काम गरेका थिए । करिब दुई दशक आर्थिक पत्रकारिता गरेका अवस्थी नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्वअध्यक्षसमेत हुन् ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका अवस्थीले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा स्नातक तहको अध्ययनसमेत गरेका छन् । अवस्थी अर्थतन्त्र, निजी क्षेत्र, दिगो विकासलगायत मामिलामा जानकार मानिन्छन् ।
 

ad
ad