१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २८ सोमबार
  • Friday, 04 July, 2025
२o७८ चैत २८ सोमबार o८:२४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नयाँ वर्षको अवसरमा दमकमा नेपथ्यको कन्सर्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २८ सोमबार o८:२४:oo

चर्चित सांगीतिक समूह नेपथ्य ब्यान्डले दमकमा कसन्र्ट गर्ने भएको छ । नयाँ वर्ष तथा दमकस्थित ध्रुवतारा स्पोर्टिङ क्लबको ३०औँ वार्षिक उत्सवको अवसरमा १ वैशाखमा कन्सर्ट गर्न लागेको हो ।  महामारीपछि नेपथ्यको यो पहिलो कन्सर्ट हो । दमक–९ स्थित सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्यले धमाकेदार प्रस्तुति दिने जनाएको छ । नेपथ्यको यो कन्सर्ट दमकका दर्शकका लागि भने पाँचौँ हो । कोरोना महामारीबीच ब्यान्डका मुख्य गायक अमृत गुरुङ कास्कीमा कृषक भएर बिताएको भिडियो बाहिर आएको थियो ।

कन्सर्टका क्रममा नेपथ्य ब्यान्डले लाइभ प्रस्तुति दिनेछ । नेपथ्यले यो कन्सर्टलाई महामारीपछिको ‘टिजर’को संज्ञा दिएको छ । ‘कोरोनाले सबैलाई सुतायो । सुतेको क्षेत्रलाई जुरुक्क उठाउने जिम्मेवारी हाम्रो पनि हो । अब हाम्रा गतिविधिलाई सामान्यतर्फ पनि लैजानुपर्छ भनेर कन्सर्टको आयोजना गरेका हौँ,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका अपर्ण शर्माले भने, ‘यो टिजर हो । यसले अब सुरुवात भयो भन्ने संकेत गर्छ । अब नियमित रूपमा यस्ता कार्यक्रम हुन्छन् ।’ दमकमा स्थानीय आयोजकका रूपमा ‘नेपाली टच’ र ध्रुवतारा स्पोर्टिङ क्लबले संयोजक गर्दै छ । 

नेपथ्यले दमकमा सात हजार दर्शकसामु प्रस्तुति दिने स्थानीय आयोजक ध्रुवतारा स्पोर्टिङ क्लबले जनाएको छ । कार्यक्रमको तयारी धमाधम भइरहेको आयोजकले जनाएको छ । ‘कार्यक्रममा सात हजार दर्शक आउने अनुमान छ,’ कार्यक्रम संयोजक गोपाल लिम्बू चेम्जोङले भने, ‘ब्यान्ड मेम्बर मात्र पनि ७० जना हुनेछन् ।’ नेपालकै चर्चित ब्यान्ड भएकाले ध्रुवताराको ३०औँ वार्षिक उत्सवमा उसैलाई रोजिएको उनले बताए । कार्यक्रम संयोजक लिम्बूका अनुसार कार्यक्रममा ६० लाख खर्च हुनेछ । कार्यक्रमको खर्च कटाएर १० लाखसम्म बचाउन सकिने उनको अनुमान छ । ‘ध्रुवतारा स्पोर्टिङ क्लबको हाल दुई तलाको भवन छ । कन्सर्टबाट बचेको पैसाले तला थप्ने योजना छ ।’

कन्सर्टमा पूर्वको झापाका विभिन्न ठाउँसँगै मोरङको उर्लाबारी, पथरी, लेटाङ, विराटनगरसँगै सुनसरीको इटहरी र धरानबाटसमेत दर्शक आउने आयोजकको अपेक्षा छ । कन्सर्टका लागि आयोजकले टिकटदर एक हजार रुपैयाँ राखेको छ । दमक–३० वर्षदेखि खेल क्षेत्रमा क्रियाशील यो क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने तयारी गर्दै छ । ‘हामी यो क्लबलाई स्थापित बनाउन चाहन्छौँ । फुटबल एकेडेमी सञ्चालन गर्ने लक्ष्य छ । यसलाई पूरा गर्न यो अन्सर्ट आयोजना गरिएको हो,’ उनले भने ।कोरोना महामारीले सेलाएको दमकको सांगीतिक माहोललाई फेरि जगाउन नेपथ्यको यो कन्सर्ट सफल हुने क्लबका पूर्वसचिव चन्द्र खत्रीले बताए । ‘नेपथ्यप्रति पूर्वक्षेत्रका दर्शकको क्रेज राम्रो छ । यो अघिल्ला कन्सर्ट पनि प्रमाणित गरेको छ,’ उनले भने, ‘हामीले अनुमान गरेजति दर्शक आउनुहुन्छ भन्ने छ ।’