१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिलवालको नेतृत्वमा हिसानको कार्यसमिति सर्वसम्मत चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:२o:oo

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को आठौँ राष्ट्रिय महाधिवेशनबाट रमेशकुमार सिलवालको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएको छ । काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेजमा शुक्रबार र शनिबार भएको महाधिवेशनले सिलवालको नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हिसानले जनाएको छ । 

महाधिवेशनले सांगठनिक, आर्थिक र विधान प्रतिवेदन पारित गरेको छ । महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गरेकी थिइन् । महाधिवेशनमा नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदान विषयक प्राज्ञिक बहससमेत भएको थियो । 

प्राज्ञिक बहसमा शिक्षामन्त्री देवेन्द्र पौडेल, राज्यमन्त्री उमेश श्रेष्ठ, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगनकुमार थापा, डा. सुरेशराज शर्मा, प्रा.डा.तीर्थ खनियाँ, प्रा.डा.विद्यानाथ कोइराला, प्रा.डा. उपेन्द्र कोइराला, डा. हरि लम्साल, डा. महाश्रम शर्मा, डा.शान्ता दीक्षित, विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, पदाधिकारी एवं शिक्षाविद्हरूको कार्यपत्र प्रस्तुति एवं सहभागिता रहेको थियो ।

ad
ad