१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १७:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा सात वर्षीया बालिका बलात्कृत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४o:oo

महोत्तरीमा एक सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। आमा बुवा इँटाभट्टामा काम गर्न गएको वेला छिमेकी मामा पर्ने व्यक्तिले चकलेटको लोभ देखाई बालिकालाई आफ्नै कोठामा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ।

बलात्कार आरोपित मकवानपुर बागमती नगरपालिका–८ राहीगाउँ घर भई सोही इँटाभट्टामा काम गर्दै आएका २० वर्षीय राजेश लामालाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि बस चढी भाग्दै गर्दा प्रहरी चौकी हात्तिलेटको सहयोगमा लामालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको महोत्तरी प्रहरीले जनाएको छ।

पीडित बालिकाका बुवाआमा महोत्तरीकै एक इँटाभट्टामा काम गर्दै आएका छन्। गत चैत्र १२ गते दिउँसो करिब दुई बजे पीडित बालिका इँटाभट्टा परिसरभित्रै रहेको आफ्नो घरअगाडि बहिनीसँग खेल्दै गर्दा लामाले ललाइफकाई आफ्नो घरमा लगी करणी गरेका थिए। 

घटनाको पाँच दिनपछि चैत्र १६ गते साँझ बालिकाले आमासँग पिसाब फेर्न समस्या भएको बताएपछि घटना सार्वजनिक भएको हो। आमाले छोरीलाई नुहाइदिन लाग्दा गुप्तांगमा चोट देखेर बालिकालाई सोधखोज गरेपछि उनले घटनाबारे बताएकी थिइन्। सोलगत्तै चैत्र १७ गते बिहानै प्रहरीलाई खबर गरेपछि आरोपित भागेको र प्रहरीले हात्तिलेटबाट नियन्त्रणमा लिएको थियो।

यस्तो छ महोत्तरीमा बलात्कारको अवस्था
महोत्तरीमा चालू आर्थिक वर्षको हालसम्म बलात्कारका १६ मुद्दा दर्ता भएकोमा १२ आरोपित पक्राउ परेका छन्। ५ जना अझै फरार रहेका प्रहरीले जनाएको छ। यता बलात्कार प्रयासका ६ मुद्दा दर्ता रहेकोमा ४ आरोपितलाई प्रहरीले पक्राउ गरेको छ भने २ जना फरार छन्। 

चालू आवमा भएका १६ बलात्कारका घटनामध्ये अधिकांश घटना १८ वर्षभन्दा कम उमेरकासँग भएका देखिएको छ। सोमध्ये अत्यधिक संवेदनशील देखिएका १४ वर्ष, १३ वर्ष, १० वर्ष र सात वर्षका बालिकाहरू पनि बलात्कारमा परेकाे प्रहरी तथ्यांक छ। 

समाजमा बलात्कारका घटनाको भयावह अवस्थालाई जलेश्वर कारागारमा रहेका कैदीको तथ्यांकले प्रस्ट पार्छ। जलेश्वर कारागारको चैत्र २६ गते शनिबारसम्मको तथ्यांक हेर्दा कारागारमा रहेका ५९१ कैदीमध्ये एक सयजना बलात्कार तथा ६ जना बलात्कार प्रयास घटनाका कैदी रहेका छन्। उनीहरूमध्ये केही फैसला भएर कैद भुक्तान गर्दै छन भने केही पुर्पक्षका लागि कारागारमा राखिएका हुन्।