१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २५ शुक्रबार
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २५ शुक्रबार १८:५२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपाले जिते १२ कक्षासम्मको अध्ययन नि:शुल्क बनाउँछौँ : लिङ्देन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २५ शुक्रबार १८:५२:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले  आफ्नो पार्टीले निर्वाचन जितेमा १२ कक्षासम्मको अध्ययनलाई पूर्ण रूपमा नि:शुल्क बनाउने र भ्रष्टाचारमुक्त नेपाल बनाउने बताएका छन् । शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु भएको बताए ।  

प्रमुख पार्टीहरूले पटक–पटक मौका पाउँदा पनि जनताले सम्झने गरी केही काम गर्न नसकेको भन्दै उनले ती पार्टीहरूलाई मत दिएर देश बर्बाद पार्ने काममा सहभागी नहुन जनताहरूलाई आग्रह गरे । उनले भने, ‘हामीलाई अब समय छैन । हामीलाई पर्खने समय छैन । कुनै पनि पार्टी, कुनै पनि नेताले पटक–पटक मौका पाउँदाखेरी पनि जनताले सम्झने गरी एउटा कुरा छोडेर जान सक्दैन ।

जनतामा आशा जगाउँदैन भने त्यसैलाई फेरि साथ दिइराख्नु भनेको त्यो गल्ती काममा आफू पनि सहभागी हुनु हो । देश बिगार्ने काममा आफू पनि सहभागी हुनु हो । म कांग्रेस, एमाले, माओवादीको आलोचना गर्न चाहन्नँ । तपाईंहरूलाई बुझाउनका लागि मात्रै ती पार्टीहरूको नाम लिन चाहन्छु । अब कांग्रेस, एमाले माओवादीलाई कति हेरेपछि यो देश बन्छ होला त ? तिनका पार्टीका प्रधानमन्त्रीलाई कतिपटक प्रधानमन्त्री र कतिपटक म्याद थप गरिदियो भने यो देश बन्छ होला त ? अब यिनै पार्टी र यिनै नेतालाई भोट दिएर देश बन्छ भन्नु भनेको यो देश बर्बाद गर्ने काममा सहभागी हुनु हो । यत्रो मौका पाउँदाखेरी देखाएनन् । अब फेरि देखाउँछन् कि भन्ने भुल गर्नुहुँदैन ।’

अध्यक्ष लिङ्देनले देश प्रमुख राजनीतिक दलको अघोषित गठबन्धनको सिकार भएको बताए। उनले २०४६ सालपछिको देश पूर्ण रूपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको उल्लेख गरे । 

अध्यक्ष लिङ्देनले बैंकमा पैसाको अभाव भएको उल्लेख गर्दै पैसा काला व्यापारीहरू र विगत ३१ वर्षदेखि देशमा शासन गर्ने नेताहरूको घरमा थन्किएको आरोप लगाए। उनले जनतालाई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कैद गरेर र झुक्याएर शासन गरिएको बताए । उनले विद्यमान पार्टीहरूलाई मत दिएर यो देश बन्छ भन्नु र साँढेको टाङमुनि बाल्टी थापेर दूधको आशा गर्नु उस्तै भएको टिप्पणी गरे । उनले  तिनै तहको निर्वाचनमा प्रमुख पार्टीको बाकस खालि गरिदिन आह्वानसमेत गरे ।