मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत २५ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २५ शुक्रबार १३:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थतन्त्रमा प्रविधिले पुर्‍याएका चुनौती सामना गर्न तयार हुनुपर्छ : अर्थमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २५ शुक्रबार १३:१२:oo

अर्थमन्त्री जनार्दन शर्माले प्रविधिले नेपालको अर्थतन्त्रमा फाइदासँगै बेफाइदा पुर्‍याइरहेको बताएका छन्। शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एन्ड फाइनान्स’ विषयक कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।

पहिले आफूलाई क्रिप्टोकरेन्सी र हाइपर फन्डबारे खासै जानकारी नभएको उल्लेख गर्दै उनले प्रविधिले पुर्‍याएका चुनौतीको सामना गर्न तयार हुनुपर्ने बताए। पछिल्लो समय अर्थतन्त्रमा देखिएका नयाँ चुनौतीलाई समाधान गर्ने गरी सरकारले नयाँ प्रविधिको विकास गर्न जरुरी रहेको पनि उनले औँल्याएका छन्।

‘प्रविधिको विकास हुन्छ। त्यसले मानव सभ्यतालाई, समाजलाई सकारात्मक प्रभाव दिन्छ। जहाँ सकारात्मक कुरा हुन्छ त्यहाँ थप नकारात्मक कुरा सँगसँगै आउँछ,’ उनले भने, ‘मैले पाँच महिना अगाडि यस्तो कुरा आउँदै छ रे भनेर सोधेको थिएँ गभर्नर साबलाई। आज आएर क्रिप्टो, हाइपर फन्ड त्यो पनि थाहा थिएन। डिजिटलबाट कताकता पैसा जाने के–के विधि आएको छ रे भनेको थिएँ। विधि मलाई थाहा थिएन। त्यस्तो चुनौतीलाई हामी सामना गर्न तयार हुनुपर्छ। हाम्रो ध्यान त्यता जानुपर्छ।’