१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o८:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा दोहोरो अंकको गिरावट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:२३:oo

 बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन २३ दशमलव ४१ अंकले घटेर दुई हजार चार सय २८ दशमलव ६६ बिन्दुमा नेप्से आइपुगेको छ । नेप्सेमा आएको निरन्तर गिरावटले लगानीकर्ताहरू आत्तिएर बिक्री बढाइरहेका छन् । सेयर भाउ निकै सस्तो भए पनि बजार बढ्ने संकेत अझै प्रस्ट नदेखिँदा लगानीकर्ताहरू आत्तिएका हुन् । सोमबार २५ सयको मनोवैज्ञानिक बिन्दुबाट तल झरेपछि लगानीकर्ताहरू २४ सयको बिन्दुलाई आधार बिन्दु बनाउने आशामा छन् । यसअघि पनि २४ सयको तल्लो बिन्दुबाट बजार सम्हालिएको थियो ।

अर्थतन्त्र निकै संकटपूर्ण अवस्थामा पुग्न लागेका खबर बाहिरिएपछि लगानीकर्ताहरूको मनोबल खस्किन लागेको पछिल्लो दिनको सेयर कारोबारले देखाउँछ । राष्ट्र बैंकले बैंकका सिइओहरूसँग विलासी वस्तु आयातमा रोक लगाउन निर्देशन दिएको, सवारीसाधनमा जोर–बिजोर लागू गर्नेलगायतको खबरले अर्थतन्त्र थप दबाबमा परेको अनुमान लगानीकर्ताहरूले गरेका छन् । यही कारण पनि अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन् । मंगलबारदेखि लगानीकर्ताहरूले बिक्री गर्ने नीति समाउन थालेपछि कारोबार रकम दुई अर्ब पुग्न थालेको छ । 

बुधबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २६ कम्पनीको ४३ लाख ७९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा करिब दुई अर्बको कारोबार भएको छ । हिमालयन डिस्टिलरी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नबिल बैंक, शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार हुन पुगेका छन् ।
यस दिन एक सय ५६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ वटा कम्पनीको सेयर मूल्य बढेका छन् । इमर्जिङ नेपालको सेयर मूल्य दोस्रो दिन पनि १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्यमा मंगलबार पनि नकारात्मक सर्किट लागेको थियो । नेप्सेमा सूचीकृत भएदेखि नै कम्पनीको सेयरमा लगातार सर्किट लाग्दै आएको भए पनि मंगलबार ब्रेक लागेको हो ।

त्यस्तै, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर, नयाँ सारथि लघुवित्त वित्तीय संस्था, शिखर इन्स्योरेन्सको सेयर मूल्य तीन प्रतिशतदेखि पाँच प्रतिशतमाथिले घटेको छ ।कारोबारमा आएका १३ वटा समूह सूचकमध्ये तीनवटा समूहको सूचकमा हरियाली छाएको छ । होटेल तथा पर्यटन समूहको सूचकमा सबैभन्दा धेरै बढ्दा ‘अन्य’ समूह र म्युचुअल फन्ड समूहको सूचक सामान्य बढेको छ । ट्रेडिङ समूहको सूचक २ दशमलव ४६ प्रतिशतले घट्दा निर्जीवन बिमा समूह, फाइनान्स समूह, वाणिज्य बैंक समूह, विकास बैंक समूह, लगानीगत समूह, जलविद्युत् समूहको सूचक एक प्रतिशतमाथिले घटेका छन् ।

घटेको बजारमा नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सोल्टी होटेल, तारागाउँ रिजेन्सी होटल, युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी, सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य दुई प्रतिशतदेखि करिब चार प्रतिशतले बढेका छन् । 
 

ad
ad