१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
सदस्य–सचिव टंकलाल घिसिङलाई जिम्मेवारी हस्तान्तरण गर्दै निमित्त कार्यवाहक सदस्य–सचिव कुलबहादुर थापा ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:४o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

घिसिङले सम्हाले राखेपको कार्यभार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:४o:oo

सर्वोच्च अदालतको फैसलापछि टंकलाल घिसिङले बुधबारदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य–सचिवको कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद्को १३ मंसिरको निर्णयानुसार घिसिङ सदस्य–सचिवमा नियुक्त भएका थिए । राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारीमुक्त गरेको र नयाँ सदस्य–सचिव नियुक्ति गरेको भन्दै अदालतमा रिट दायर गरेका थिए । 

सो रिटउपर ३० मंसिरमा न्यायाधीश हरि फुयाँलको एकल इजलासले सदस्य–सचिव नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गरेको थियो । त्यसपछि सदस्य–सचिव घिसिङ राखेपमा अनुपस्थित रहँदै आएका थिए । मन्त्रिपरिषद्को १ कात्तिकको निर्णयले सदस्य–सचिव सिलवाललाई जिम्मेवारीमुक्त गरेको थियो ।

२२ चैतमा सर्वोच्चका न्यायधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेपछि घिसिङलाई सदस्य–सचिवका रूपमा काममा फर्कने बाटो खुलेको हो । तीन महिना र तीन हप्तापछि सदस्य–सचिव घिसिङ काममा फर्केका हुन् । कार्यभार सम्हालेपछि सदस्य–सचिव घिसिङले खेलकुदका लागि पछिल्लो साढे तीन महिना सकस भएको प्रतिक्रिया दिएका छन् । 

‘नेपाल खेलकुदका लागि यो अवधि सकसपूर्ण र पीडादायी भयो,’ घिसिङले भने, ‘यसले खेलकुद क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।’ उनले अदालतमा मुद्दा चलिरहँदा सदस्य–सचिवविहीनताको अवस्थामा नेपाली खेलकुद विकासको गति रोकिएको बताए । ‘खेलकुद गतिविधि जति तीव्र रूपले अगाडि बढ्नुपर्ने हो त्यसमा अवरोध भएको छ,’ उनले भने, ‘सबै अवरोधलाई चिर्दै खेलकुदलाई चलायमान बनाउन अगाडि बढ्नेछु ।’ 

सदस्य–सचिवमा पुनर्बहाली गर्दै घिसिङले नवौँ राष्ट्रिय खेलकुदको आयोजना अहिलेको स्थितिमा जटिल रहेको बताए । स्थानीय तह निर्वाचनका कारण ३० वैैशाखसम्म नवौँ राष्ट्रिय प्रतियोगिताको आयोजना सम्भव नरहेको सदस्य–सचिव घिसिङको भनाइ छ । यद्यपि, चालू आर्थिक वर्षभित्रैै राष्ट्रिय खेलकुद आयोजना भने हुने उनले बताए ।

‘यतिवेला सिंगो मुलुक निर्वाचनमा होमिएको कारण तत्काल नवौँ राष्ट्रिय खेलकुदको आयोजना सम्भावना छैन,’ उनले भने, ‘तर, हामीले नवौँ राष्ट्रिय खेलकुद गर्ने योजनासहित अगाडि बढ्छौँ ।’ खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप उपाध्यक्ष शिव कोइरालासँग विशेष छलफल गरेर अघि बढ्ने उनले बताए । अदालतको फैसलापछि पुनर्वहाली भएका घिसिङले समग्र खेलकुदको विकासका लागि सातै प्रदेशका सदस्य–सचिवहरूसँग बृहत् अन्तक्र्रिया गरी खेलकुदको स्पष्ट खाका तयार पार्ने बताए । 

पूर्वसदस्य–सचिव रमेशकुमार सिलवालले सदस्य–सचिवको नयाँ नियुक्ति र आफ्नो बर्खास्तीसम्बन्धी सर्वाेच्च अदालतमा रिट दर्ता गराएपछि घिसिङले १५ दिन मात्रै काम गरेका थिए । मन्त्रिपरिषद्ले घिसिङलाई १२ मंसिरमा राखेपको सदस्य–सचिव नियुक्त गरेको थियो । यसअघि १ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले सिलवालको कामकारबाहीप्रति चित्त नबुझेको र दुईपटकसम्म आफ्नो बचाउमा स्पष्टीकरण मागेको थियो । सिलवालको स्पष्टीकरण चित्त नबुझेको भन्दै खेलकुदमन्त्री गहतराजको सिफारिसमा सिलवाललाई पदमुक्त गरिएको थियो । 

थापाको राजीनामा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ अधिकृत कुलबहादुर थापाले राजीनामा दिएका छन् । उनले घरायसी कारण देखाउँदै बुधबार राखेपमा राजीनामापत्र बुझाएका हुन् । थापाले सदस्य–सचिवको अनुपस्थितिमा निमित्त सदस्य–सचिवको कार्यभार सम्हालेका थिए । थापालाई ४ फागुनमा खेलकुद मन्त्रालयले कार्यकारी अधिकारसहित निमित्त सदस्य–सचिवको जिम्मेवारी दिएको थियो ।

थापा राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख थिए । ८ भदौ ०५२ मा थापा राखेपमा अधिकृत तृतीय श्रेणीमा प्रवेश गरेका थिए । थापाले राखेपमातहतका प्रशासन विभाग, खेलकुद विकास विभाग र खेलकुद प्रतियोगिता तथा योजना विभागमा प्रमुख भई कार्य गरेका थिए । प्रचारप्रसार शाखा, कर्मचारी प्रशासन शाखालगायत विभिन्न शाखामा पनि प्रमुख भई काम गरेको अनुभव थापासँग छ ।

समारोह विज्ञका रूपमा परिचित थापाले पाँचौँदेखि आठौँ राष्ट्रिय खेलकुदको समारोह उपसमितिको महŒवपूर्ण जिम्मेवारी सम्हालेका छन् । नेपालमै भएको १३आँै दक्षिण एसियाली खेलकुद (साग)मा थापाले समारोह निर्देशकको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।