Skip This
बार निर्वाचन अपडेट : अध्यक्षमा दोब्बर मतले घिमिरेको अग्रता
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत २३ बुधबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २३ बुधबार १६:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बार निर्वाचन अपडेट : अध्यक्षमा दोब्बर मतले घिमिरेको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २३ बुधबार १६:१२:oo

नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको जारी मतगणनामा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले अध्यक्षमा झन्डै दोब्बर मतले अग्रता लिएका छन्। नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व घिमिरेले गरेका छन्।

निर्वाचन अधिकृत सानुभाइ शाक्यका अनुसार एक हजार ६ सयभन्दा बढी मतगणना सकिँदा  अध्यक्षमा घिमिरेले एक हजार ५३ मत र  महासचिवतर्फ अन्जिता खनालले नाै सय ६० मत प्राप्त गरेका छन् भने  प्रगतिशीलतर्फका अध्यक्षका उम्मेदवार अधिकारीले पाँच सय ५३ र महासचिवका उम्मेदवार केदार कोइरालाले ६ सय ५७ मत प्राप्त गरेका छन्।