१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बार निर्वाचन अपडेट : घिमिरे नेतृत्वको गठबन्धन प्यानललाई अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३९:oo

नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि भएकाे निर्वाचनकाे जारी मतगणनामा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेतृत्वको प्यानलले अग्रता लिएको छ। नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूह प्रतिस्पर्धामा छन् । 

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व घिमिरेले गरेका छन्। मंगलबारदेखि सुरु भएको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको तर्फबाट घिमिरे नेतृत्वको प्यानलले सुरुवाती अग्रता लिएको हो। बार निर्वाचन समितिका अनुसार मंगलबार एक हजार दुई सय ४६ मतगणना हुँदा प्यानलका तर्फबाट अध्यक्षमा घिमिरेले सात सय ७७ मत र  महासचिवतर्फ अन्जिता खनालले ६ सय ९७ मत प्राप्त गरेका छन्। त्यस्तै,  प्रगतिशीलतर्फ  अध्यक्षमा अधिकारीले तिन सय ७२ र महासचिवमा केदार कोइरालाले चार सय ४३ मत प्राप्त गरेका छन्।

शनिबार सम्पन्न मतदानको मंगलबारबाट मतगणना सुरु भएको हो । निर्वाचनका क्रममा काठमाडौं केन्द्रसहित देशका अन्य ३४ स्थानबाट मतदानको व्यवस्था गरिएको थियो। सबै मतपेटिका काठमाडौं ल्याइसकिएपछि मतगणना सुरु भएको  प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी  दिइन् । 

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार सात सय आठ अधिवक्ता मतदाता सहभागी भएका थिए। निर्वाचनमा सात हजार चार सय २९ मत खसेको निर्वाचन समितिले जनाएको छ।