१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २३ बुधबार ०६:१४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंक र बर्दिवासको जनसेवा हस्पिटलबीच समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २३ बुधबार ०६:१४:००

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिवासको जनसेवा हस्पिटल प्रालिबीच बैंकका कार्डवाहक ग्राहकलाई छुट दिने समझदारी भएको छ । बैंकका कार्डवाहकले अस्पतालका सबै सेवामा १० प्रतिशत छुट पाउने समझदारी भएको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले हालसम्म कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको जनाएको छ । यस्तै मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत गरेको जनाइएको छ । 

बैंकले वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर वैशाख ७ सम्म लागू हुने गरी विभिन्न सेवा–सुविधामा छुट र क्यासब्याकलगायतका योजना ल्याएको जनाएको छ । हाल देशभरमा एक सय ७४ शाखा, एक सय २५ एटिएम र ९० शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको बैंकले जनाएको छ ।