१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार o८:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

डा. उपाध्यायद्वारा १०८ विश्व कीर्तिमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o८:१४:oo

गीतकार डा. डिआर उपाध्यायले विश्व कीर्तिमान संख्या एक सय आठ पुर्‍याएका छन् । काठमाडौंमा हालै सम्पन्न विशेष कार्यक्रममा उनले थप २८ कीर्तिमान राखेसँगै विश्व कीर्तिमान संख्या १०८ पुगेको हो । डा. उपाध्यायलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

डिआर म्युजिक क्रिएसन आयोजक तथा खनाल सेवा समाज सहआयोजक रहेको समारोहमा डा. उपाध्यायका थप आठ एल्बम पनि विमोचन गरिएको थियो । यसअघि डा. उपाध्यायका २८ गीतिएल्बम सार्वजनिक भइसकेका छन् । 

पूर्वप्रधानमन्त्री खनालले डा. उपाध्यायलाई विश्व कीर्तिमानका लागि बधाई ज्ञापन गर्दै यस्तै सिर्जनशील कार्यमा लाग्न शुभकामना दिए । गीतकार डा. उपाध्यायले आफूले आफ्नो सिर्जनाबाट मुलुकको पहिचान अझ उच्च बनाउने उद्देश्यका साथ काम गरिरहेको बताए ।  

कार्यक्रममा डा. उपाध्यायलाई एभरेष्ट वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक अफ रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम र एसियन वल्र्ड रकेर्डजस्ता विश्व वल्र्ड रेकर्ड प्रदान गर्ने संस्था वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको थियो । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व रेकर्ड कायम गरेका डा. उपाध्यायका १२ उपन्यास सार्वजनिक भइसकेका छन् ।

ad
ad