१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:२७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बर्ड फ्लु चार प्रदेशका १२ जिल्लामा देखियो, नियन्त्रणबाहिर जान सक्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:२७:oo

संक्रामक रोग बर्ड फ्लु चार प्रदेशका १२ जिल्लामा देखिएको छ । बर्ड फ्लु यही गतिमा फैलन थालेमा स्थिति नियन्त्रणबाहिर जान सक्ने पशुसेवा विभागका महानिर्देशक रामनन्द तिवारीले बताए । उनका अनुसार हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स, टर्की, काग, प्यारेन्ट कालिज र लौकाटमा बर्ड फ्लु पुष्टि भएको छ । बर्ड फ्लुको दर तीव्र गतिमा फैलिएसँगै व्यवसायीहरूले पनि चिन्ता व्यक्त गर्न थालेका छन् । प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा बर्ड फ्लुको संक्रमण भेटिएको छ । देशका मुख्य सहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा, मकवानपुर, धनुषा र बारामा बर्ड फ्लु संक्रमण रफ्तारमा फैलिएको हो ।

विशेष गरी धेरै कुखुरा, हाँस उत्पादन हुने स्थानमै सबैभन्दा धेरै संक्रमण फैलिएको छ । विशेष गरी भक्तपुरमा पालन गरिएका कुखुरामा तीव्र गतिमा बर्ड फ्लु फैलिएको तिवारीले बताए । स्थितिलाई नियन्त्रणबाहिर जान नदिन व्यवसायीहरूसँग छलफल भइरहेको तिवारीले जानकारी दिए । ‘व्यवसायीहरूले पनि बर्ड फ्लुबारे चिन्ता व्यक्त गरेका छन्, उहाँसँग पनि छलफल गरेका छौँ, कसरी जाने, अबको तयारी के भन्ने निर्णय हुन बाँकी छ,’ उनले भने, ‘व्यवसायीहरूले अबको तीन दिनपछि के गर्ने भन्नेबारे निर्णय दिने दिन्छाँै भन्नुभएको छ, त्यसपछि हामी एक्सन लिन्छौँ ।’

दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बर्ड फ्लु फैलने गति गम्भीर हुँदै गएकाले कसरी जाने भन्ने छलफलकै चरणमा रहेको बताए । ‘पशु विभागसँग पनि छलफल गरेका छौँ, भोलिको दिनमा नियन्त्रणबाहिर जान थाल्यो भने तयारी कसरी गर्ने भन्ने विषयमा छलफल गरेका छौँ,’ उनले भने ।

नेपाल विश्व पशु स्वास्थ्य संगठनको सदस्य राष्ट्र भएकाले भ्याक्सिन स्वीकृत दिन भने कानुनले रोकेको छ । त्यसैले वेलैमा सचेत भएर कम क्षति हुने गरी तयारीमा जुटेको व्यवसायीहरू बताउँछन् । राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अध्यक्ष जंगबहादुर बिसीले फैलिँदो बर्ड फ्लुबारे सरकारले चाँडोभन्दा चाँडो नियन्त्रणको पहल गर्नुपर्ने बताए । ‘अहिले बर्ड फ्लुकै कारणले बिक्री कम नभए पनि उत्पादन भने कम भएको बिसीले बताए । पहिले दैनिक चार लाख किलोसम्म कुखुरा खपत हुन्थ्यो भने अहिले उत्पादन कम भएकार साढे दुई लाख किलो मात्र बिक्री हुँदै आएको उनको भनाइ छ । 

त्यस्तै, अर्का व्यवसायी रमेश थापाले पनि बर्ड फ्लुको संक्रमण दरलाई लिएर गम्भीर हुनुपर्ने बताए । उनले भने, ‘हामी व्यवसायी सचेत हुनुपर्छ, भोलिका दिनमा क्षति कम गर्नुपर्छ, त्यसमा हामी तयार छौँ ।’