१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार १८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तह निर्वाचनका लागि १६ देखि ५६ लहरका मतपत्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १८:o८:oo

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ कार्य सुरु भएको छ । निर्वाचन आयोगका अनुसार सबैभन्दा कम १६ लहरको र सबैभन्दा बढी ५६ लहरको मतपत्र छपाइको काम सोमबारदेखि सुरु भएको हो । ‘कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछन्,’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ।’ पौडेलका अनुसार पहिले दुर्गम जिल्लाका मतपत्र छपाइ गरी पठाइनेछ र त्यसपछि क्रमशः सुगम जिल्लाको मतपत्र छपाइ हुनेछ । आयोगले मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रलाई दिएको छ ।

आयोगले जिल्लाअनुसार कुल मतदाताको आठदेखि २५ प्रतिशतसम्म बढी मतपत्र छाप्ने भएको छ । दुर्गम क्षेत्रमा थप मतपत्र आवश्यक परेको खण्डमा ढुवानीका लागि मतपत्र छपाइमा भन्दा बढी खर्च लाग्ने भएकाले त्यस्ता क्षेत्रमा २५ प्रतिशतसम्म बढी मतपत्र जगेडा राख्न मिल्ने गरी आयोगले मतपत्र छपाइ गर्नेछ । ‘जिल्लामा आवश्यक पर्ने मतपत्रका आधारमा आठदेखि २५ प्रतिशतसम्म बढी मतपत्र छापिनेछ । दुर्गम क्षेत्रमा थप मतपत्र आवश्यक परेमा तत्काल छपाइ गरेर ढुवानी गर्नुपर्दा मतपत्र छपाइमा भन्दा ढुवानीमा बढी खर्च लाग्ने भएकाले मनाङ, हुम्ला, जुम्लाजस्ता दुर्गम जिल्लामा बढी जगेडा रहने गरी मतपत्र छपाइ हुनेछ,’ प्रवक्ता पौडेलले भने ।  
 

ad
ad