Skip This
सेयर बजारको निरन्तर गिरावट निराश बने लगानीकर्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o८:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेयर बजारको निरन्तर गिरावट निराश बने लगानीकर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:१८:oo

सेयर बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ता निराश बनेका छन् । नजिकिँदै गरेको चुनावले बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता एकपछि अर्को गरी आएको गिरावटले निराश बन्न पुगेका छन् । वर्षको अन्तिम महिना भएकाले कर तिर्नुपर्ने, ब्याज तिर्नुपर्ने बाध्यता लगानीकर्तालाई छ, जसका कारणले पनि बजार सुस्त बनेको उनीहरूको बुझाइ छ । 

साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ३० दशमलव ८९ अंकले घटेर दुई हजार पाँच सय १३ दशमलव ४१ बिन्दुमा आइपुगेको छ । नेप्सेमा आएको गिरावटसँगै सेयर खरिद–बिक्री रकम पनि घटेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २५ कम्पनीको ३२ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । 

लगानीकर्ता सस्तो मूल्यमा सेयर बिक्री गर्न चाहेका छैनन् भने बैंकबाट सहज ऋण पाउन नसक्दा खरिदकर्ता पनि सुस्त देखिएका छन् । यसले कारोबार रकममा गिरावट आएको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । सूर्या लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको सेयर तीन करोड रुपैयाँदेखि नौ करोड रुपैयाँसम्मको सबैभन्दा धेरै कारोबार भएको छ । 

यस दिन एक सय ७२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये म्युचुअल फन्ड समूहको सूचकबाहेकको  अन्य सूचक घटेका छन् । ‘अन्य’ समूहको सूचक ३ दशमलव १३ प्रतिशतले घटेको छ । जीवन बिमा समूह, फाइनान्स समूह, लगानीगत समूह, माइक्रो फाइनान्स समूह, ट्रेडिङ समूहका सूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् ।

युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, सामलिङ पावर कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य ४ प्रतिशतदेखि ५ प्रतिशतले घटेका छन् ।

घटेको बजारमा तीनवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको हो । जाल्पा समुदायिक लघुवित्त वित्तीय संस्था र एनआइबिएल समृद्ध फन्डको मूल्य २ प्रतिशतदेखि ४ प्रतिशतले बढेको छ ।

ad
ad