मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत २० आइतबार
  • Saturday, 12 July, 2025
फाइल फाेटाे ।
२o७८ चैत २० आइतबार १४:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर जाने सहमति भएको छ : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २० आइतबार १४:३८:oo

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जान केही दिनअघि सहमति भएको बताएका छन्। समाजवादी प्रेस संगठन नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘विन विन’को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले सकारात्मक सन्देश दिएको बताए।

अध्यक्ष नेपालले भने, ‘यो सहमतिले जनता पनि उत्साहित भएका छन्।’ उनले चुनावमा जाने कुराका सन्दर्भमा सबैसँग मिलेर जान तयार हुन सबै ठाउँका कमिटीलाई निर्देशन पनि दिइसकेको बताए। ‘हामीले नाराहरू तयार गरेको छौँ। कामका योजना अगाडि सारेका छौँ र कामको जिम्मेवारी प्रदान गरेका छौँ,’ अध्यक्ष नेपालले भने, ‘विभिन्न दलबाट मिलेर जानुपर्दछ भनी प्रस्ताव पनि आइरहेको छ।’

उनले पछिल्लो समय आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको जिकिर गरे। उनले भने, ‘समयको प्रवाह हाम्रो पक्षमा छ र यो देखेर सबै प्रतिगामी दिशामा लागेकाको प्रवृत्ति छताछुल्ल भएको छ।’ रासस