१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १७:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

उपत्यकाका १७ पालिकामा महिला मतदान अधिकृत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:१५:oo

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उपत्यकाका तीन जिल्लामा महिला निर्वाचन अधिकृत खटाइने भएको छ। निर्वाचन आयोगले उपत्यकाका तीन जिल्लामा महिला मतदान अधिकृत खटाउने भएको हो।
 
उक्त प्रक्रिया अघि बढिसकेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए। ‘यसपटक हामीले उपत्यकाका तीन जिल्लामा चुनाव गराउनको लागि महिला मतदान अधिकृतलाई जिम्मा दिएका छौँ,’ उनले भने, ‘उपत्यकाबाहिरका जिल्लामा भने महिला र पुरुष मतदान अधिकृतको रूपमा रहनेछन्।’ 

उनका अनुसार उपत्यकाका तीन जिल्लाका १७ स्थानीय तहमा १७ जना महिला निर्वाचन अधिकृत चयन गरिएको छ। उनीहरूलाई चैत्र २९ र ३० गते प्रशिक्षण दिइनेछ। त्यसपछि निर्वाचनलक्षित कार्यक्रममा खटाइनेछ।
 

ad
ad