१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १८ शुक्रबार ०६:४४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतको मेदान्त अस्पतालमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १८ शुक्रबार ०६:४४:००

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको मेदान्त (द मेडिसिटी) अस्पतालबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवाशुल्कमा छुट दिने समझदारी भएको छ । सिटिजन्स बैंकका ग्राहकलाई अस्पतालले सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट दिने समझदारी भएको हो । 

दिल्लीको मेदान्त अस्पतालमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले समझदारीपत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ । यो सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने बैंकले व्यक्त गरेको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले भारतको गुरगाउँ, लखनउ, राँची, इन्दौरलगायतका मेदान्त अस्पतालका सबै शाखाहरूबाट पाउने जनाइएको छ ।  

बैंकले हाल देशभरमा एक सय ७४ शाखा, एक सय २५ एटिएम र ९३ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरेको जनाएको छ । बैंकले आफ्ना ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, आस्बा, ड्राफ्ट, भिसा डेबिट–क्रेडिट–प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको जनाइएको छ