Skip This
शिलान्यास भएको २८ वर्षपछि लुहाम–कालिमाटी सडक सञ्चालनमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १८:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शिलान्यास भएको २८ वर्षपछि लुहाम–कालिमाटी सडक सञ्चालनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १८:१९:oo

सल्यानको त्रिवेणी लुहाम–कालिमाटी रामपुर सडक शिलान्यास भएको २८ वर्षपछि सञ्चालनमा आएको छ । २०५० सालमा शिलान्यास गरिएको सडकको विभिन्न खण्डहरूको ट्रयाक ओपन गरिएपछि सञ्चालनमा आएको हो । 

जिल्लाको त्रिवेणी लुहामकाभ्रा हुँदै कालिमाटी रामपुर जोड्ने २७ किलोमिटर सडक शिलान्यास भएको २८ वर्षपछि सञ्चालनमा आएको हो । पछिल्लो समय नयाँ ४ किलोमिटर सडक निर्माण गरेपछि जिल्लाको लुहाम, काभ्रा, कालिमाटी रामपुर हुँदै प्रदेश राजधानी सुर्खेतसम्म यो सडक जोडिएको हो । यससडक भएर जिल्लाको कालिमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका, कपुरकोट गाउँपालिका र छत्रेश्वरी गाउँपालिकाका नागरिकलाई प्रदेश राजधानी आउजाउमा सहज हुने भएको छ । 

सडकको ट्रयाक ओपन भएसँगै यसको स्तरोन्नतिको कामसमेत थालिएको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख विनोद पुनले जानकारी दिए । उनका अनुसार करिब १५ करोड बढी बजेटमा अहिले यस सडकको केही भागमा ग्राभेलिङको काम भइरहेको छ । 

यस्तै, लुहामबाट ११ किलोमिटरअगाडितर्फ कालोपत्रेका लागि ३५ करोडको ठेक्का भइसकेको छ । अब कालोपत्रेको काम हुन बाँकी छ ।

सडकको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सल्यानलाई कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग जोड्ने वैकल्पिक सडकका रूपमा यस सडकलाई विकास गरिने बताए । जिल्लाकै कपुरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिकालगायतका स्थानीय तहलाई प्रदेश राजधानी जान लुम्बिनी प्रदेश भएर जानुपर्ने बाध्यता रहेको अवस्थामा यस सडकले सहजता बनाउने उनको भनाइ छ । 

‘खलंगा कुपिन्डे बालुवासंग्रही हुँदै प्रदेश राजधानी जोड्ने सडक जिल्लाको महत्वपूर्ण र गौरवको सडक हो, जसले नागरिकलाई केही सहज बनाएको छ’ उनले ‘लुहामकाभ्रा- कालिमाटी सडक अर्को महत्वपूर्ण सडक सञ्चालनमा आएको छ, यसलाई स्थानीय उत्पादनलाई निर्यात गर्ने सडकको रूपमा विकास गरिनुपर्छ, पर्यटन क्षेत्रको विकासमा समेत यसले टेवा पुर्याउनेछ ।’

एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिवसमेत रहेका ज्वालाले यस सडकलाई सल्यानवासीले आर्थिक उपार्जनको क्षेत्रमा उपयोग गर्नुपर्ने बताए । उनले सडकको स्तरोन्नतिको लागि आफूले पहल गर्नेसमेत बताए । सडकको विकासविना विकासका अन्य क्षेत्रहरूको विकास असम्भव भएकाले सरकारले प्राथामिकता दिएको उनको भनाइ छ । 

सडक उद्घाटन कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी, कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसी, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीमप्रकाश शर्मा, पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख विनोद पुनलगायतको उपस्थिति थियो । 

निर्माण व्यवसायी धीरज रावतको अध्यक्षतामा भएको सडक उद्घाटन कार्यक्रमको सहजीकरण डिल्ली केसीले गरेका थिए ।

ad
ad