१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १६:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ? डा. रूपक घिमिरेका सुझाव (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:३६:oo

सुन्दरता मेन्टेन गरिराख्न अनुहारको उचित स्याहार जरुरी छ। सौन्दर्यले मानिसको आत्मविश्वास बढाउँछ। जीवन सार्थक बनाउन यो जरुरी छ। उमेर बढ्दै जाँदा व्यक्तिको सौन्दर्यमा ह्रास आउँछ। सकेसम्म आफूलाई सुन्दर राख्ने चाहना हामी सबैमा हुन्छ। अनुहारमा आएको डन्डिफोर, कालो दाग, पोतो वा  खुइलिएको तालु देखेर मानिस विचलित भइरहेका हुन्छन्।

पछिल्लो समय इन्स्टाग्राम, फेसबुक, टिकटकजस्ता इन्टरनेटको पहुँचले सबैलाई सुन्दर हुने इच्छा बढेको देखिन्छ। हामीलाई कसैले राम्रो भनिदियो भने पनि खुसी लाग्छ। सुन्दर बन्ने होड चल्दै गएको छ। हुन त बजारमा विभिन्न प्रकारका सौन्दर्य सामग्री पाइन्छन्। झुटा विज्ञापन पनि भेटिन्छन्। तर, चिकित्सकसँग परामर्श नगरी जथाभावी त्यस्ता सामग्री प्रयोग गर्नाले स्वास्थ्यमा उल्टै गम्भीर समस्या निम्त्याउने जोखिम पनि छ। गुगल हेरेरै उपचार विधि खोज्नेहरूको संख्या पनि बढ्दो छ। तर, यस्तो बानीले पनि छालालाई बिगार्न सक्छ।

पछिल्लो समय व्यस्त जीवनशैलीका कारण मानिसहरूले तनाव एवं थकान बढी महसुस गर्न थालेका छन्। यसले पनि छालालाई असर गरिरहेको हुन्छ। तनावको प्रत्यक्ष असर अनुहारमा देखिन्छ। आफूखुसी बजारमा पाइने क्रिमहरू प्रयोग गर्नु पनि राम्रो होइन। विभिन्न कस्मेटिक सामग्रीहरूसमेत प्रयोग नगर्नु राम्रो हुन्छ। छालाको समस्या देखिएमा छाला विशेषज्ञकोमा नै चेक गराउनुस्। यस्ता जटिल समस्या देखापरेमा हेलचेक्य्राइँ गर्नुहुँदैन।

मुख्य कुरा मानसिक रूपमा सन्तुष्ट हुनुपर्छ। आफू जे छु त्यसैमा सन्तोष गर्न सक्यो, आफैँलाई राम्रो ठान्यो भने अनुहारमा स्वतः चमक आउँछ। तपाईंलाई नियमित शारीरिक व्यायाम पनि आवश्यक छ। नियमित व्यायामले तपाईंको शरीरबाट पसिनासँगै धेरै विकारहरू बाहिर निकाल्छ। शरीरलाई ऊर्जाशील र अनुहार सफा बनाउँछ।

हामीले खाने खाना कति स्वस्थकर छ ? यस विषयमा पनि ख्याल गर्नुपर्छ। विषादी प्रयोग गरिएका खाद्यान्नले धेरै समस्या निम्त्याउँछ। त्यसैले खानपानमा पर्याप्त ध्यान दिनुपर्छ, समयमा खानुपर्छ, पानी पर्याप्त पिउनुपर्छ।

हरेक दिन हाम्रो जीवन दौडधुपमै बितिरहेको छ। सूर्यको प्रकाशमा फैलिएका विभिन्न विकिरणहरूले हाम्रो छालामा प्रत्यक्ष असर गर्छ। त्यसैले यसबाट जोगिन हामीले बाहिर निस्कनुअघि सनस्क्रिन लगाउनुपर्छ। सनस्क्रिनले प्रदूषणबाट पनि हाम्रो छालालाई जोगाउँछ। तर, हामीले ध्यान दिन जरुरी छ कि जथाभावी कस्मेटिक सामग्रीको प्रयोग गर्नुहुन्न। मैले अघि नै भनेँ, चिकित्सकसँग परामर्श गरेर मात्रै कस्मेटिक सामग्री प्रयोग गर्नुपर्छ।

मानव शरीरको विशेष गरेर चिल्लो, सुक्खा र सामान्य गरेर तीन प्रकारका छाला हुन्छन्। मौसमअनुसार छालाको स्याहार गर्नुपर्छ। धेरै तातो पानीले धुनुहुँदैन। चैत वैशाखमा हावाहुरी चल्ने भएकाले छाला ड्राई हुन्छ, यस्तो वेलामा मोस्चराइजर लगाउनुपर्छ।

ad
ad