१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख ३० आइतबार १२:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रामेछापका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:१८:oo

सरकारले आगामी वैशाख ३० गते गर्न लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले रामेछापका आठवटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ। 

आयोगले निर्वाचन अधिकृतका रूपमा मन्थली नगरपालिकामा डा. दिवाकर भट्ट र रामेछाप नगरपालिकामा जिल्ला प्रशासन कार्यालय रामेछापकी सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङलाई खटाएको छ। त्यसैगरी, जिल्लाका अन्य ६ गाउँपालिकाहरूमा पनि निर्वाचन अधिकृत तोकिएको छ। 

आयोगले उमाकुण्ड गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता योगेन्द्रप्रसाद ढुंगेल, खाँडादेवी गाउँपालिकामा महान्यायाधिवक्ताको कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता वासुदेव लम्साल र दोरम्बा शैलुङ गाउँपालिकामा विशेष सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता प्रेमराज पौडेललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ।

त्यस्तै, गोकुलगंगा गाउँपालिकामा रामेछाप जिल्ला अदालतका श्रेस्तेदार रामप्रसाद पौडेल, लिखु तामाकोसी गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटा र सुनापति गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता लक्ष्मण उपाध्याय (घिमिरे)लाई निर्वाचन अधिकृतको रूपमा खटाइएको छ। 

जिल्लामा एक लाख ७९ हजार मतदाता कायम
रामेछापमा स्थानीय तहको निर्वाचनका लागि एक लाख ७८ हजार आठ सय ६७ मतदाता कायम भएका छन्। निर्वाचन आयोगले स्थानीय तहमा मतदान गर्ने मतदाताको सूची प्रकाशन गरेसँगै रामेछापका सबै स्थानीय तहमा मतदानमा सहभागी हुने मतदाताको संख्या यकिन भएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत मधुकर शाहले जानकारी दिए। 

जिल्लाका आठ स्थानीय तहमध्ये उमाकुण्ड गाउँपालिकामा १६ हजार दुई सय ४६ जना, खाँडादेवी गाउँपालिकामा २२ हजार चार सयजना मतदाता कायम भएको छ। त्यसैगरी, गोकुलगंगा गाउँपालिकामा १८ हजार पाँच सय २१ जना, दोरम्बा शैलुङ गाउँपालिकामा २० हजार नाै सय ३४ जना, मन्थली नगरपालिकामा ३७ हजार दुई सय २० जना, रामेछाप नगरपालिकामा २४ हजार नाै सय ३१ जना मतदाता कायम भएका छन्।

यसैगरी, सुनापति गाउँपालिकामा १८ हजार पाँच सय १६ जना र लिखु तामाकोसी गाउँपालिकामा २० हजार एक सयजना गरी कुल एक लाख ७८ हजार आठ सय ६७ जना मतदाता कायम रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

९२ मतदानस्थल र दुई सय २३ मतदान केन्द्र कायम
स्थानीय निर्वाचनका लागि जिल्लामा ९२ मतदान स्थल र दुई सय २३ मतदान केन्द्र रहने भएको छ। जिल्ला निर्वाचन कार्यालयले सिफारिस गरेको आधारमा आयोगले रामेछापका मतदान स्थल र मतदान केन्द्रको टुंगाे लगाएको हो।

नाैवटा वडा रहेको रामेछाप नगरपालिकामा १४ मतदान स्थल र ३१ मतदान केन्द्र कायम गरिएको छ। त्यस्तै, १४ वटा वडा रहेको मन्थली नगरपालिकामा १९ मतदान स्थल र ४७ वटा मतदान केन्द्र कायम गरिएको छ।

त्यसैगरी, अन्य ६ वटा गाउँपालिकामध्ये सातवटा वडा रहेको उमाकुण्ड गाउँपालिमामा ११ मतदान केन्द्र र २२ वटा मतदानस्थल तोकिएको छ। नाैवटा वडा कार्यालय रहेको खाँडादेवी गाउँपालिकामा १२ मतदान स्थल र २७ मतदान केन्द्र तोकिएको छ।

त्यसैगरी, सातवटा वडा रहेको लिखु तामाकोसी गाउँपालिकामा १० मतदानस्थल र २६ मतदान केन्द्र, सातवटा वडा रहेको दोरम्बा शैलुङ गाउँपालिकामा ११ मतदान स्थल र २७ मतदान केन्द्र, सातवटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा ६ मतदान स्थल र २० मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत मधुकर शाहले जानकारी दिए।

ad
ad