१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १७:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोसाइँकुण्ड गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२५:oo

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएकाे छ। आ.व ०७६/७७ देखि निर्माण सुरु भएको पक्की भवनको निर्माण कार्य सम्पन्न भएको हो। भवनको सोमबार गाउँपालिकाको केन्द्र स्याफ्रुबेँसीमा एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको छ। नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले उद्घाटन गरेका हुन्।

भवन निर्माणका लागि तीन करोड बजेट विनियोजन गरिएको थियो। टेन्डर प्रक्रियामा निर्माण व्यवसायीले त्योभन्दा कममा ठेक्का हालेसँगै एक करोड ६९ लाख १९ हजार १९६ रुपैयाँ ७१ पैसामा निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङले जानकारी दिए। सुविधासम्पन्न दुईतले भवनमा एउटा हलसहित १३ वटा कोठा रहेका छन्।

प्रशासनिक भवन भूकम्प प्रतिरोधी, अपांगमैत्री र बालमैत्री रहेको गाउँपालिकाका अध्यक्ष तामाङले बताए। देशका ७५३ स्थानीय तहमध्ये कम लागतमा सुविधासम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न गर्नेमा गोसाइँकुण्ड गाउँपालिका रहेको उनको दाबी छ। २०७४ को स्थानीय तहको निर्वाचनको चुनावी अभियानमा आफू निर्वाचित भए गाउँपालिकाको सुविधासम्पन्न पक्की भवन निर्माण गर्ने वाचा पूरा गरेको उनले बताए।

भवन उद्घाटन भएसँगै सोमबारबाटै नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु भएको छ। यसअघि श्यामेवाङ्फेल माविको पुरानो भवनबाट गाउँपालिकाले सेवा प्रवाह गर्दै आएको थियो। जिल्लाका अन्य चार गाउँपालिकाको प्रशासकीय भवन निर्माणको चरणमा रहेका छन्।