१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १३ आइतबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १३ आइतबार १५:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फर्किए चिनियाँ विदेशमन्त्री वाङ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १३ आइतबार १५:२९:oo

चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीनदिने भ्रमण सकेर आज स्वदेश फर्केका छन्। उनीसहितको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदीलगायत उच्च अधिकारीले बिदाइ गरेका थिए।  

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा शुक्रबार वाङ नेपाल आएका थिए। नेपाल भ्रमणका क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बेग्लाबेग्लै भेटेका थिए। उनी नेपालमा रहँदा नाैवटा विभिन्न विषयमा हस्ताक्षर भएको थियो। 

हस्ताक्षर भएका नाै समझदारी
•    आर्थिक तथा प्राविधिक सहायतासम्बन्धी सम्झौता 
•    सीमापार रेल्वे परियोजनाका लागि चिनियाँ सहयोगमा सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायताको स्किमसम्बन्धी सम्झौता
•    नेपाल–चीन (गल्छी–रसुवागढी) पावर ग्रिड इन्टरकनेक्सनका लागि सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता
•    नेपालबाट चीनमा हेलेज घाँस निर्यातका लागि सम्झौता
•     विश्व व्यापार संगठनको मान्यताअनुसार नेपालबाट चीन निर्यात हुने वस्तुमध्ये ९८ प्रतिशतलाई भन्सार छुट दिनेसम्बन्धी सम्झौता 
•    चिनियाँ सहयोगमा अरनिको राजमार्गको तेस्रो चरण मर्मत सम्पन्न भएको सर्टिफिकेट हस्तान्तरणसम्बन्धी समझदारीपत्र 
•     रेल्वे क्षेत्रमा सहकार्य बढाउनेसम्बन्धी नेपालको भौतिक पूर्वाधार मन्त्रालय र चीनको नेसनल रेल्वे एडमिनिस्ट्रेसनबीच भएको सातौँ बैठकको माइन्युट 
•    चीनले नेपाललाई दिएको ४० लाख डोज खोप प्राप्तिसम्बन्धी सर्टिफिकेटमा हस्ताक्षर 
•    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिनियाँ मेडिकल टिमलाई काम गर्न पठाउनेसम्बन्धी प्रोटोकलमा हस्ताक्षर