मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीलाई रावण र कंशसँग तुलना गर्दै नेपाल भन्छन्- कम्युनिस्टको आवरणमा पनि तानाशाहहरू जन्मिदारहेछन् (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o७:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई रावण, कंश र शिशुपालसँग तुलना गर्दै तानाशाहको संज्ञा दिएका छन्। आइतबार काठमाडौंमा भएको समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै नेपालले ओलीलाई धार्मिक मिथकका पात्रहरूसँग तुलना गरेका हुन्।

रावण, कंश र शिशुपालले गरेका गल्तीहरू ओलीले गरिरहेको भन्दै नेपालले उनीहरूसँग तुलनात्मक रूपमा अध्ययन गरेर देखाउन आवश्यक रहेको टिप्पणी गरे। अध्यक्ष नेपालले अध्यक्ष ओली कम्युनिस्टको आवरणमा जन्मिएको तानाशाह भएको आरोपसमेत लगाए। उनले हिटलर डेमोक्रेसीको आवरणमा तानाशाह बनेको उदाहरण दिँदै ओलीले पनि त्यही प्रवृत्ति देखाइरहेको बताए।

‘केपीको बारेमा चर्चा गर्दा ठ्याक्क रावणमा के–के प्रवृत्तिहरू देखिए, कंशमा के–के प्रवृत्तिहरू देखिए, शिशुपालले सयवटा के–के अपराध गर्‍याे ? र, हिटलरले के–के कुकृत्य गरेको थियो ? ठ्याक्क त्यसलाई तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस्। डेमोक्रेसीको आवरणमा हिटलर तानाशाही भयो। डेमोक्रेसीको आवरणमा बोल्यो। डेमोक्रेसीले नै जन्माएको हो हिटलर। डेमोक्रेसीले राम्रो मात्र जन्माउँदो रहेनछ। तानाशाह पनि जन्माउँछ। कांग्रेस वा भनौँ हाम्रा विपक्षीहरूलाई के भन्नुपर्छ भने कम्युनिस्टहरू अधिनायकवादी हुन्छन् भन्छन् नि, होइन, कम्युनिस्टको आवरणमा पनि तानाशाहहरू जन्मिदारहेछन्। डेमोक्रेसी र समाजवादको आवरणमा, साम्यवादको आवरणमा, कम्युनिस्टहरूको आवरणमा पनि तानाशाह जन्मिन्छ। कम्युनिस्ट भएकैले सबै तानाशाह हुन्छन् भन्ने कुरा होइन। यो पात्रविशेषमा उत्पन्न भएको विकृत प्रवृत्ति हो,’ अध्यक्ष नेपालले भने।