१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सम्पूर्ण नेपालीको सपना पूरा गर्न माओवादीले निर्वाचन जित्नैपर्छ : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४९:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तह निर्वाचन माओवादीका लागि लडाइँसरह भएको बताएका छन्। गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रममा उनले जनयुद्धका सहिद, घाइते, अपांगहरूसहित सम्पूर्ण नेपालीको सपना पूरा गर्न माओवादीले जसरी पनि स्थानीय तह निर्वाचन जित्नुपर्ने बताएका हुन्।

‘अरूले हार्दा-जित्दा खासै फरक पर्दैन तर माओवादी केन्द्रले हार्दा गणतन्त्र हार्ने खतरा छ,’ प्रचण्डले भने। अन्य पार्टीलाई स्थानीय निर्वाचन एउटा निर्वाचन मात्र भएको बताउँदै उनले भने, ‘चुनाव लडाइँ हो, हामीले जित्नैपर्नेछ।’

उनले सहिद र बेपत्ता परिवारका सदस्य कहाँ गएर आफ्ना कमीकमजोरी नदोहोर्याउने प्रतिबद्धता गर्न नेता कार्यकर्ताहरूलाई सुझाबसमेत दिएका छन्। अबको एक महिना जनताको घरघरमा कस्सिएर जाने हो भने देशभर माओवादी केन्द्रले निर्वाचन जित्ने उनको दाबी छ। माओवादी केन्द्रले जितेको स्थानीय तह देशभरमाा उत्कृष्ट भएको दाबी गर्दै उनले आगामी चुनावमा जनताले माओवादीलाई नै जिताउने जिकिर गरे।

प्रचण्डले पाँचदलीय गठबन्धन फुटाउने र संविधान उल्ट्याउने खेल अझै नरोकिएको बताएका छन्। जाली फटाहाहरूले जसरी पनि माओवादीलाई घेरा हाल्ने र सिध्याउने भनिरहेको बताउँदै उनले एमसिसी पास गर्दा सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने गरी गठबन्धन जोगिने गरी समस्याको हल गरिएको प्रस्ट पारे।