१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १४:१३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनद्वारा श्रीलंकालाई दुई हजार टन चामल सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१३:oo

चीनले गम्भीर आर्थिक संकटमा परेको श्रीलंकालाई आपतकालीन सहयोगस्वरूप दुई हजार टन चामल उपलब्ध गराएको छ। कोलम्बोस्थित चिनियाँ दूतावासले वक्तव्य जारी गर्दै छिमेकी मुलुकको आधारभूत जिम्मेवारीस्वरूप दुई हजार टन चामल उपलब्ध गराइएको जनाएको हो।

चीनले श्रीलंकालाई उपलब्ध गराएको चामलको मूल्य झन्डै २५ लाख अमेरिकी डलर पर्ने वक्तव्यमा उल्लेख गरिएको छ। मुलुकमा आर्थिक संकट उत्पन्न भएपछि विद्यार्थीको परीक्षाका लागि कागज किन्नसमेत नसकेको श्रीलंकाले सहयोगका लागि सबैलाई अनुरोध गरेको थियो ।

श्रीलंकाको आग्रहकै आधारमा सहयोग उपलब्ध गराइएको पनि चिनियाँ दूतावासद्वारा जारी वक्तव्यमा लेखिएको छ। कोरोना भाइरसको महामारी र त्यसपछिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न परिस्थितिका कारण श्रीलंका संकटमा परेको श्रीलंकाली अधिकारीहरूले बताएका छन्।

चीन र श्रीलंकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औं वार्षिकोत्सव चलिरहेकाले दुई देशको सम्बन्ध निकै पुरानो भएकाले पनि चीनले सहयोग गर्ने दूतावासको भनाइ छ। चीनले श्रीलंकालाई आफ्नो क्षमताअनुसार आर्थिक तथा सामाजिक विकासका लागि अन्य सहयोग पनि निरन्तर गर्ने जनाएको छ। रासस/सिन्ह्वा