१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
भीमदत्त नपा ९मा भारतीय एसएसबीले आफ्नै भूमिमा फड लगाउन अवरोध गर्दै ।
मोहन विष्ट क्ञ्चनपुर
२o८१ जेठ ५ शनिबार २o:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतीय पक्षबाट कञ्चनपुरको प्याराताल र ब्रम्हदेवमा अवरोध 

Read Time : > 1 मिनेट
मोहन विष्ट, क्ञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २o:४o:oo

भारतीय पक्षले एकसाथ कञ्चनपुरका दुई स्थानमा अवरोध गरेको छ । जिल्लाको उत्तरी भेग ब्रम्हदेव र दक्षिण बिचफाँटा नेपाली भूमिमा अवरोध गरेको हो । भारतीय अर्धसैनिक सीमा सुरक्षा बल(एसएसबी)ले कञ्चनपुरको ब्रम्हदेव र दक्षिण बिचफाँटामा हस्तक्षेप तथा अवरोध गरिरहेको छ ।

पुनर्वास नगरपालिका- ९ बिचफाँटास्थित प्याराताल सरसफाइमा एसएसबीले किन सरसफाइ गरेको भन्दै रोक्न दबाब दिइरहेको छ भने भीमदत्त नगरपालिका- ९ ब्रम्हदेवमा अस्थायी फड लगाउन रोक लगाएको छ । पुनर्वास नगरपालिका- ९ का वडाध्यक्ष नारायण जैसीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत  ताल सफाइ गर्ने क्रममा एसएसबी आएर आफ्नो भन्दै अवरोध गरिरहेको बताए । ‘हामीले ताल सफाइ गर्ने काम सुरु गरेको दुई सातापछि आएर एसएसबीले हाम्रो भन्दै बिहीबारदेखि काम रोकिराखेको छ,‘ उनले भने, ‘फौजका फौज आएर हाम्रो भूमि भन्दै नेपाली भूमिमा अनावश्यक हस्तक्षेप गर्न खोजेका छन् ।’ 

दुई दिनदेखि एसएसबी आएर काम रोक्न दबाब दिने तर नेपाली पक्षले आफ्नो भूमि भएकाले भारतीय हस्तक्षेपको कुनै वास्ता नै नराखेर काम अघि बढाएको अध्यक्ष जैसीले बताए । ‘हामीले अहिलेसम्म ४ सय मिटर ताल सफाइ गरिसकेका छौँ, ‘उनले भने, ‘बाँकी ताल सफाइ गर्दा दैनिक अवरोध गर्न खोजिएको छ, उनीहरू अवरोध गर्दछन्, हामी निरन्तर काम गरिरहेकै छौँ ।’ ताल जलकुम्भीलगायतका झारपातले भरिन थालेपछि सरसफाइ गर्न थालिएको थियो । उक्त तालमा समेत भारतीयले यसअघि  पनि अवरोध गर्दै आएको छ । 

पुनर्वास नपा ९ बिचफाँटास्थित नेपाली प्यारातालमा सरसफाइमा अवरोध गर्दै भारतीय तर, नेपाली पक्षले निरन्तर सरसफाइ गर्दै । 

हरेक फागु पूर्णिमादेखि औँसीसम्म नेपाल भारत (चम्पावतको पूर्णागिरि र कञ्चनपुर)को सिद्धबाबा मन्दिरमा लाग्ने पूर्णिमा मेलामा नेपाली ब्रहदेवका व्यवसायीले फड अर्थात् अस्थायी पसल राख्ने काममा यस वर्ष भारतीय पक्षले अवरोध गरिरहेको छ । दुई वर्ष कोरोना महामारीले पूर्णागिरि मेला सञ्चालन भएन । भीमदत्त नगरपालिका- ९का वडाध्यक्ष राम नाथले भारतीय सीमा सुरक्षा बल आएर नेपाली भूमिलाई आफ्नो भूमि भन्दै हस्तक्षेप गर्न खोजेको बताए । ‘यो धार्मिक आस्था नेपाल भारत दुवै देशका नागरिकको साझा हो, ‘उनले भने, ‘तर भारतीय पक्षले पूर्णागिरि मेलामा नेपाली भूमिमै आएर हस्तक्षेप गर्न खोजिरहेको छ, त्यो गलत गरिरहेको छ ।’

शुक्रबार एसएसबीको डफ्फा आएर नेपाली व्यवसायीलाई आफ्नै भूमिमा फड लगाउन रोकेर फर्किएका थिए । भारतीय पक्षले कञ्चनपुरमा पटक-पटक अवरोध गर्दै आएको छ । छिमेकीको जस्तो व्यवहार नभई भारतले पटक-पटक अनेकन निहुँ खाेजेर नेपाली भूमिमा हुने विकास निर्माण एवं काममा समेत हस्तक्षेप गर्दै आएको भन्दै स्थानीयले भारतीय कदमको भर्त्सना गरेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले ब्रम्हदेव र बिचफाँटामा देखिएको विवाद समाधानका लागि प्रशासनबाट पहल भइरहेको बताए । ‘सीमा विवाद संघ सरकारले टुंग्याउने हो,‘ प्रजिअ पाण्डेले भने, ‘सीमा क्षेत्रमा उत्पन्न असहज अवस्था प्रशासनबाट सामाधान गर्न पहल गर्दै छौँ ।’ 
 

ad
ad