१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ११ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ११ शुक्रबार ११:५७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

६ सयले बढ्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ११ शुक्रबार ११:५७:oo

सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर एक लाख नाै सय रुपैयाँ पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार सय रुपैयाँ छ। यसको मूल्य बिहीबार प्रतितोला ९९ हजार आठ सय रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँ पुगेको महासंङले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँश एक हजार नाै सय ५७ डलरआसपास कारोबार भइरहेको छ। रासस