१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १३:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अख्तियारको हेटौँडा कार्यालयमा सबैभन्दा धेरै उजुरी बाराबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:४o:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा मधेस प्रदेशबाट सबैभन्दा धेरै उजुरी बारा जिल्लाबाट परेको छ। आज अख्तियारको कार्यालय हेटौँडाले बारामा आयोजना गरेको कार्यक्रममा सो जानकारी गराइएको हो।

आयोगको क्षेत्राधिकार रहेको १५ जिल्लामध्ये बाराबाट तीन सय चारवटा उजुरी परेकोमा एक सय ७५ वटा फर्स्याेट भएको आयोग कार्यालय हेटौँडाका प्रमुख अर्जुनकुमार शर्माले जानकारी दिए। जिल्लाबाट स्थानीय तह संघीय मामलातर्फ सबैभन्दा बढी उजुरी परेको कार्यालयले जनाएको छ। जसअन्तर्गत तीन सय ६८ वटा उजुरी परेको छ।

उपमहानगरकै उजुरी बढी
जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै उजुरी जितपुर–सिमरा उपमहानगरपालिकाको रहेको छ। गत आवमा ३६ वटा उजुरी परेकोमा चालू आवको फागुन मसान्तसम्म ४० उजुरी परेको आयोगले जनाएको छ। जसमध्ये गत वर्ष र चालू आवको फागुन मसान्तसम्म ३७ वटा फर्स्याेट भएको छ।

यस्तै, जितपुर–सिमरापछि कलैया उपमहानगरपालिकाबाट सबैभन्दा धेरै  उजुरी परेको  छ। गत आव र चालू आवको फागुन मसान्तसम्म कलैया उपमहानगरबाट ५४ उजुरी परेको छ। जसमध्ये २९ वटा फर्स्याेट भएको छ भने २५ वटा फर्स्याेट हुन बाँकी रहेको छ। उजुरीका आधारमा महागढीमाई नगरपालिका, परवानीपुर र पचरौता नगरपालिका क्रमशः तेस्रो, चौथो र पाँचौँ नम्बरमा छन्।

कार्यक्रममा जिल्लास्थित कार्यालयका प्रमुख, स्थानीय तहका प्रमुख र उप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, उद्योगी, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। 

ad
ad