१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सिमरा गोल्डकप आजबाट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:o६:oo

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता जगदम्बा जितपुरसिमरा गोल्डकपको १२औँ संस्करणको आज (बिहीबार)बाट सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल फ्रेन्ड्स क्लब र सुदूरपश्चिम ११ बीच हुनेछ ।

ए डिभिजनका पाँचसहित प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । लामाका अनुसार प्रतियोगितामा साविक विजेता संकटा क्लब, एनआरटी क्लब, हिमालयन शेर्पा, फ्रेन्ड्स क्लब, एपिएफ एफसी, सुदूरपश्चिम ११, बिएफसी चितवन, विजय युथ हेटौँडा, बागमती युवा क्लब र आयोजक नवजनजागृति युवा सहभागी हुनेछन् । फ्लड लाइटमा हुने डे–नाइट प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ । आयोजकले यस वर्ष प्रथम पुरस्कार राशिमा तीन लाख र द्वितीय पुरस्कारमा एक लाख पचास हजार वृद्धि गरेको छ । ११औँ संस्करणमा प्रथम पुरस्कार सात लाख र द्वितीय पुरस्कार तीन लाख ५० हजार थियो ।

१९ चैतसम्म सञ्चालन हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल वा स्कुटर प्राप्त गर्ने अध्यक्ष लामाले जानकारी दिए । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गर्नेछन् । आयोजकले यस वर्ष पनि उदीयमान स्थानीय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ । जितपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा र जगदम्बा स्टिल्सको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको लागत करिब ८३ लाख रहेको छ । 

ad
ad