१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ९ बुधबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ९ बुधबार १९:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले केन्द्रीय कमिटी बैठकमा सातवटै प्रदेशको वस्तुस्थितिबारे रिपोर्टिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ९ बुधबार १९:२o:oo

एमालेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत भएका प्रतिवेदनमाथि बिहीबार छलफल हुने भएको छ । स्थानीय तहको चुनावी घोषणापत्र, उम्मेदवार चयनको मापदण्डलगायतका विषयमा निर्णय गर्न एमाले केन्द्रीय कमिटी बैठक बुधबार सुरु भएको हो ।

राजधानीको कार्की बैंक्वेटमा बुधबार सुरु भएको दुईदिने बैठकका ११ कार्यसूची छन् । 

बुधबारको बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको केन्द्रीय सदस्य गीता कार्कीले जानकारी दिइन् । 

बैठकमा सातवटा प्रदेशका अध्यक्षले आ–आफ्नो प्रदेशको रिपोर्टिङ गरेको कार्कीले बताइन् । एमालेका प्रदेश अध्यक्ष पदेन केन्द्रीय सदस्य हुन् । प्रदेश अध्यक्षहरूले निर्वाचन जित्न सबै नेता तथा कार्यकर्ता परिचालित हुनुपर्नेमा जोड दिएका छन् । 

चुच्चे नक्सा भएको  एक र दुई रुपैयाँको सिक्का सदस्यहरूलाई वितरण गरिएको पनि उनले जानकारी दिइन् । 

बैठकमा शपथग्रहण गर्न बाँकी रहेका तीनजना केन्द्रीय सदस्यले पार्टी अध्यक्ष ओलीसमक्ष शपथ लिएका छन् ।