१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
करण ताम्राकार डडेल्धुरा
२o८१ जेठ ५ शनिबार १६:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुक्खा पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध  

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:५८:oo

डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १, साउँखर्कमा सुक्खा पहिरोका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट आएको पहिरोका कारण बुधबार बिहान १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् ।

सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीय पार्वती धामीले जानकारी दिइन् । दिउँसोदेखि सडकमाथिबाट सुक्खा पहिरो लगातार गइरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । बिहान १२ बजेदेखि निरन्तर रूपमा पहिरो हटाउने कार्य चलिरहेको बताइएको छ । 
 

ad
ad