१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शिक्षक भर्नासम्बन्धी विवादका क्रममा झडप, सात सुरक्षाकर्मीसहित १२ जना सामान्य घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार ११:३८:oo

सिराहाको मिर्चैयास्थित मोहन नमुना माध्यमिक (प्राविधिक) विद्यालयमा शिक्षक भर्नाको परीक्षामा स्थानीयले अवरोध गर्न खोज्दा झडप भएको छ। झडपका क्रममा सात सुरक्षाकर्मीसहित १२ जना सामान्य घाइते भएका छन्।

प्राथमिक तहका पाँचजना करार शिक्षक भर्नाका लागि विद्यालयले आइतबार लिन लागेको परीक्षा रोक्न पुगेका स्थानीय दलीय प्रतिनिधि र प्रहरीबीच झडप भएको हो। घाइतेहरू स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएका जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। झडपपछि विद्यालयले सूचना प्रकाशित गरी अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि परीक्षा स्थगित गरेको छ।

शिक्षकको परीक्षा लिने तयारी भइरहेका वेला स्थानीयले होहल्ला गरेपछि परीक्षा स्थगित गरेको नगर शिक्षा शाखाका श्याम यादवले जानकारी दिए। आफूहरूले प्रक्रिया पूरा गर्न सहयोग मात्र गरेको बताउँदै उनले बाँकी काम विद्यालय आफैँले अगाडि बढाएको बताए।

आर्थिक चलखेलको आरोप
नगरपालिकाका जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापकको मिलेमतोमा आर्थिक चलखेल गरी शिक्षक भर्ना गर्न लागेको स्थानीय दलीय प्रतिनिधिको आरोप छ। नगर प्रमुख श्रवण यादव र विद्यालयका प्रधानाध्यापक अशोककुमार यादवले आर्थिक चलखेल गरी शिक्षक भर्ना गर्न लागेको भन्दै स्थानीयले परीक्षा रोकी पुनः सूचना निकालेर भर्ना गर्न माग गर्दै प्रदर्शन गरेपछि झडप भएको हो।

प्रधानाध्यापक यादवले भने आफूले सबै प्रक्रिया पूरा गरेरै पूर्वनिर्धारित योजनाबमोजिम परीक्षा लिन लागेको दाबी गरे। ‘विद्यालयले मंसिरमै एकजना प्राविधिकतर्फ भेटेरिनरी निमावि, एकजना मावि, साधारणतर्फ एकजना निमावि र पाँचजना प्राथमिक शिक्षाका लागि गरी सातजनाको परीक्षा लिन लागेको भए पनि स्थगित गरिएको हो,’ उनले भने।

ad
ad