१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विधानसम्मत महाधिवेशन सुनिश्चित माग गर्दै सानेपामा नेविसंघको प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विधानको पूर्ण कार्यान्वयन गर्नुपर्नेलगायतका माग पूरा गर्न पार्टी नेतृत्वलाई दबाब दिन सुरु गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघ संघर्ष समितिले केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई नेविसंघको विधानसम्मत १२औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझाउँदै नेविसंघका पूर्वकेन्द्रीय सदस्य अनिल खनालले भविष्यमा बलियो पार्टी निर्माणको लागि आजको बलियो नेविसंघ निर्माण गर्न आवश्यक रहेको बताए। उनले नेपाली कांग्रेसको सिद्धान्तअनुरूप सबै उमेर समूहका विद्यार्थी नेताहरूको व्यवस्थापन नै अहिलेको आवश्यकता भएको बताउँदै नेविसंघको विधानको पूर्ण कार्यान्वयन गराउन,  सबै उमेरका विद्यार्थीहरूको प्रतिनिधित्व हुने गरी विधानबमोजिम तदर्थ समिति गठन गर्न माग गरे।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले संघर्ष समितिले बुझाएको ज्ञापनपत्रको बारेमा पार्टी सभापतिलाई जानकारी गराउने प्रतिबद्धता जनाए। उनले पार्टी सभापतिले गरेको निर्णयलाई सबै जिल्लाका पार्टीनिकट भ्रातृ संगठनले स्विकार्ने विश्वास लिएको बताए।

नेविसंघ संघर्ष समितिले आसन्न तीनै तहको निर्वाचनमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्न, अद्यावधिक स्ववियु निर्वाचन र नेविसंघको अधिवेशन ग्यारेन्टी गर्न र नेविसंघको विधानसम्मत १२औँ महाधिवेशन सुनिश्चित गर्न मागसमेत गरेको छ।