१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format ११:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चार वर्षपछि खुल्यो जुम्लामा सवारीचालक अनुमतिपत्रकाे परीक्षा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२९:oo

जुम्लामा चार वर्षपछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा खुलेसँगै सवारीचालकहरू खुसी भएका छन् । ०७५ देखि बन्द रहेको लाइसेन्स परीक्षा फागुन अन्तिम साताबाट जुम्लामै खुलेपछि यहाँका सवारीचालक उत्साहित भएका छन्।

पछिल्लो समय जुम्लामा दुईपांग्रेदेखि १० पांग्रेसम्मका सावरीसाधनको चाप बढेको छ। अटो सञ्चालन गरेरै जिल्लाका एक सय २० भन्दा बढी युवा स्वरोजगार भएका छन्। ऋण जोहो गरेर अटो खरिद गरे पनि जिल्लामा सवारीचालक अनुमतिपत्र लाइसेन्स नखुल्दा उनीहरू समस्या भोग्न बाध्य थिए। लामो समयदेखि जरिवाना तिरेर भए पनि विनालाइसेन्स अटो चलाउन बाध्य यहाँका अटोचालकहरू चार वर्षपछि लाइसेन्स खुलेपछि खुसी छन्।

शनिबार गरिएको प्रयोगात्मक परीक्षाबाट ३५ मध्ये २३ जना पास भएका यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतले जानकारी दिए। उनका अनुसार एकजना अनुपस्थित र ११ जना असफल भएका छन्। असफल भएका ११ जनाले तत्काल पुनः प्रयोगात्मक परीक्षा दिन पाउनेछन्। त्यस्तै, मोटरसाइकल र स्कुटरका लागि प्रयोगात्मक परीक्षा दिएका दुई सय ६० जनामध्ये २५ जना मात्र पास भएका छन्। लाइसेन्स खुलेपछि सबैभन्दा राहत अटोचालकलाई भएको सूचना अधिकारी महतले बताए। अटो चलाएरै रोजीरोटी जुटाइरहेका अटोचालकहरू लाइसेन्स नहुँदा समस्यामा थिए।

बढ्दो माग र गुनासोपछि विभागले गुनासो सम्बोधन गर्दै लाइसेन्स परीक्षा खुलाएको हो। पहिलो चरणका सबै वितरणपछि मात्रै दोस्रो चरणको अनलाइन फाराम खुल्ने कार्यालयले जनाएको छ। लिखित तथा प्रयोगात्मक परीक्षा नेपाल प्रहरी र ट्राफिक प्रहरीको कडा निगरानीमा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरूको सहभागितामा हुने गरेको छ।

यातायात व्यवस्था कार्यालयका कर्मचारी तथा ट्राफिक कार्यालयका सम्पूर्ण कर्मचारीहरू धेरै वर्षपछि खुलेको लाइसेन्स वितरण प्रक्रियालाई छिटो, छरितो र व्यवस्थित बनाउन लागिपरेको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका प्रमुख नीरविक्रम शाहीले बताए ।

गत फागुन २० देखि जुम्लामा यातायात व्यवस्था विभागले खोलेको अनलाइन फाराम अर्को सूचना जारी नभएसम्मका लागि चैत १ बाट स्थगित भएको छ। लाइसेन्सको परीक्षा भने आगामी असार महिनासम्म जारी रहने यातायात व्यवस्था कार्यालय जुम्लाले जनाएको छ।