१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o९:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एक महिनाभित्र सिसेल्ससँगको श्रम सम्झौता टुंगो लगाइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:३३:oo

गणतन्त्र सिसेल्ससँगको श्रम सम्झौता एक महिनाभित्र टुंगोमा पुर्‍याइने भएको छ । सिसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट तथा आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग भेटवार्तामा श्रम सम्झौतालाई टुंगोमा पुर्‍याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको हो । 

न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिकलगायत सेवा–सुविधा, कामदार छनोट र स्वदेश फिर्तीलगायतका विषयमा संयुक्त कार्यदलले तयारी गर्नेछ । कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले नेतृत्व गर्ने भएका छन् । 

अहिले एक हजार दुई सय ५० भन्दा धेरै नेपाली सिसेल्समा रोजगारीका क्रममा रहेको बताउँदै मन्त्री फ्यानकोटले सिसेल्स सरकार द्विपक्षीय श्रम सम्झौता गरेरै नेपालीलाई ल्याउन इच्छुक रहेको बताए । सिसेल्स अहिले सुरक्षागार्डका रूपमा धेरै नेपाली कार्यरत छन् । यसबाहेक होटेल तथा पर्यटन क्षेत्रमा पनि केही श्रमिकहरू कार्यरत छन् । द्विपक्षीय भेटवार्तामा आन्तरिक मामिलामन्त्री फोन्स्काले जेल सुरक्षाका साथै सिसेल्सको प्रहरी सेवामा पनि नेपालीलाई रोजगारी दिन सकिने बताए । नेपाल र सिसेल्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको साढे तीन दशक भइसकेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबईका पदाधिकारीहरूले भेटवार्ता गरे । काउन्सिलका अध्यक्ष डा. असिफ अली सिद्दिकीको नेतृत्वमा नेपाली व्यवसायीहरूले मन्त्री श्रेष्ठसँग वैदेशिक रोजगारीसँगै विदेशमा नेपाली उत्पादन र सेवाको बजार विस्तार गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए । वैदेशिक रोजगारमा जाने अदक्ष श्रमिकहरूले विभिन्न समस्या झेल्दै आएको भन्दै आवश्यक सीप–दक्षताको विकासमा पनि सरकारले ध्यान दिनुपर्ने बताए ।

ad
ad