१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार १६:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आत्मसमीक्षासहित जनतामा जान कार्यकर्तालाई प्रचण्डको निर्देशन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:५५:oo

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तालाई आत्मसमीक्षासहित जनताको घरदैलोमा जान निर्देशन दिएका छन् । शनिबार सिन्धुलीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । कार्यक्रममा अध्यक्ष प्रचण्डले जनता बदलिएको नभएर माओवादी नेता तथा कार्यकर्ता बदलिनुका साथै बिग्रिएको बताउँदै आत्मसमीक्षासहित जनतामा जान निर्देशन दिए । 

‘फेरि जनतासँग जोडिनुको विकल्प छैन । आफ्नै खुट्टामा उभिने, आफ्नै तागतमा आउँदो निर्वाचन जित्ने संकल्प गर्नको लागि म तपाईंहरूलाई विशेष अपिल पनि गर्न चाहन्छु,’ अध्यक्ष प्रचण्डले भने, ‘अहिले स्थिति बदलिएको छ । जनता बदलिएको होइन । हामी माओवादी नेताकार्यकर्ता बदलिएका छौँ, बिग्रिएका छौँ । दुई महिनामा चुनाव जितेर देखाउने संकल्प गरौँ ।’

संविधान र लोकतन्त्र खारेज गर्ने षड्यन्त्रलाई  सडक आन्दोलनबाट एक-डेढ महिनामा परास्त गरेको उनले बताए । उनले भने, ‘अहिलेको निर्वाचनमा पनि तपाईं हामी सम्पूर्ण रूपले आत्मसमीक्षा गर्दै, जनताको घरदैलोमा जाने । यो दुई महिना पूरै युद्धस्तरमा काम गर्ने संकल्प गरौँ ।’ माओवादीले संविधानको रक्षा गर्ने मात्रै नभएर समाजवादको आधार निर्माण गर्न सक्ने उनको भनाइ थियो । 

माओवादीका लागि आगामी निर्वाचन सामान्य औपचारिक निर्वाचन मात्र नभएर  माओवादी जनयुद्ध, सात राजनीतिक दल र नेकपा माओवादीबाट चलेको संयुक्त जनआन्दोलनको उपलब्धिको रक्षा गर्ने या तिनलाई मर्न दिने भन्ने लडाईं भएको पनि उनले बताए । 

ad
ad