१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ३० सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ३० सोमबार १४:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा नेता प्रदीप यादवमाथिको कारबाही फुकुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ३० सोमबार १४:५९:oo

जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी सदस्य प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ। उनलाई अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएको आरोपमा जसपाले अनुशासनको कारबाही गरेको थियो। मन्त्रीको आकांक्षी रहेका उनी सन्तुष्ट बनेका थिए। 

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले उनीविरुद्धकाे कारबाही फिर्ता लिने निर्णय गरेको पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीले बताए। मंसिर ५ मा बसेको कार्यकारिणी समितिको बैठकले उनलाई केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट हटाएर साधारणा सदस्य कायम गरेको थियो। यादव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसदसमेत हुन्।

जसपाको केन्द्रीय समिति बैठक जारी छ। बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तयार पारेको राजनीतिक प्रस्ताव पेस गरिएको छ। यस्तै, निर्वाचन निर्देशिकाबारे पनि बैठकले छलफल गर्दै छ।