१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ३० सोमबार
  • Sunday, 11 May, 2025
२o७८ फाल्गुण ३० सोमबार ११:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस बाराको सभापतिमा यादव विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ३० सोमबार ११:३१:oo

नेपाली कांग्रेस बाराको सभापतिमा राजेश राय यादव विजयी भएका छन्। सभापति चयनका लागि दोस्रोपटक भएको मतदानबाट यादव विजयी भएका हुन्।

यादवले एक हजार  दुई सय ६ मत ल्याउँदा अर्का उम्मेदवार शम्भुबहादुर बुढाथोकीले एक हजार एक सय ५४ मत ल्याए। गत बुधबार पहिलो चरणमा भएको निर्वाचनमा तीन उम्मेदवार थिए। तीनमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिलो र दोस्रो भएका उम्मेदवारबीच पुनः आइतबार मतदान भएको हो।

पटकपटक स्थगित हुँदै आइतबार दोस्रो चरणमा भएको मतदानबाट कलैया उपमहानगरका मेयरसमेत रहेका यादव  विजयी भएका हुन्।