१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
२o८१ जेठ ९ बुधबार o७:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बस र टाटासुमो ठोक्किँदा तीनको मृत्यु, १० घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार o७:१५:oo

आँबुखैरेनी गाउँपालिकाको ऐनापहरामा बस र टाटासुमो ठोकिँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका– ८ स्थित ४५ वर्षीया लक्ष्मीकुमारी शाही, ३६ वर्षीय ओमप्रकाश गुरुङ र ७३ वर्षीय रुद्रबहादुर सेन छन् । 

आइतबार मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग२ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग३च ६०१२ नम्बरको टाटासुमो आपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । ‘दुर्घटनामा गम्भीर घाइते भएका तीनजनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो,’ उनले भने ।

दुर्घटनामा १० जना घाइते भएका छन् । घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका बस्ने ८० वर्षीय दामोदर पुरी, आँबुखैरेनी गाउँपालिका– ४ का २८ वर्षीया देवीका थापामगर, १८ वर्षीया आरती खवास, गोरखाको गण्डकी गाउँपालिका– १ बस्ने ३८ वर्षीय डिनमाया नेपाली, आँबुखैरेनी गाउँपालिका– ३ का ३३ वर्षीया हिरा बसेल, शुक्लागण्डकी नगरपालिका बस्ने ३३ वर्षीय जितेन्द्र शाही, ५२ वर्षीया गोमा शाही, ४१ वर्षीया दिनु शाही, कास्कीका ५२ वर्षीय राम शाही र ५२ वर्षीया ज्ञानु शाही छन् । घाइतेमध्ये आठजनाको चितवन मेडिकल कलेज र दुईजनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ad
ad