Skip This
आगामी निर्वाचन विघटनकारी र परिवर्तनकारीबीचको प्रतिस्पर्धा : अध्यक्ष प्रचण्ड (भिडियोसहित)
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ फाल्गुण २९ आइतबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका विराटनगर
२o७८ फाल्गुण २९ आइतबार ११:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी निर्वाचन विघटनकारी र परिवर्तनकारीबीचको प्रतिस्पर्धा : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७८ फाल्गुण २९ आइतबार ११:५७:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा विघटनकारी र परिवर्तनकारी शक्तिबीच प्रतिस्पर्धा हुने बताएका छन्। आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

एमालेभित्रका केपी ओलीको गुट अहिले पनि सदन चल्न नदिएर आफूले गरेको विघटन जायज थियो भन्ने देखाउन लागिपरेको प्रचण्डले बताए। विनाकारण संसद् अवरुद्ध भइरहेको भन्दै उनले भने, ‘जसले पटकपटक प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस गरे, त्यही शक्तिले अहिले सदन चल्नै दिएका छैनन्। सदन चल्नै नदिनु पछाडिको तर्क– अर्को पार्टी बन्यो, सभामुखले पार्टी फुटाउन सहयोग गर्‍याे भन्ने छ, जुन तर्कै होइन। किनकि १४ जना सांसदको कुरा अदालतमा छ। अदालतको फैसला नआई कसैले केही गर्न सक्ने स्थिति छैन।’

१४ सांसदको कारबाहीको विषयलाई लिएर एमालेको अडानमा कुनै आधार नभएको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘सभामुखले संविधान र कानुनको व्यवस्थाअनुसार १५ दिनभित्र आफ्नो राय दिनुपर्थ्यो, १३ दिनभित्र दिनुभयो। त्यसकारण त्यहाँ कुनै मुद्दा नै छैन, आधार नै छैन।’