१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o७:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेविसंघको  तदर्थ समिति गठनमा उमेर हदको उल्झन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:२९:oo

कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनमा उमेरहदको ‘उल्झन’ देखिएको छ । फागुन मसान्तभित्र तदर्थ समिति गठनको तयारी भएसँगै ३२ वर्षे उमेरहदको विवाद जन्मिएको छ ।

सभापति शेरबहादुर देउवाले ३२ वर्षमाथिकालाई पनि समेट्न खोजेपछि जटिलता देखिएको हो । अन्य पदाधिकारी र केन्द्रीय तहका नेताहरूको पनि उमेरहद लागू गर्ने विषयमा दोहोरो भूमिका देखिएको छ ।

नेविसंघमा फागुन मसान्तभित्र तदर्थ समिति गठनको तयारी छ । विधानमा ३२ वर्षे उमेरहद कायम गरिएको छ । ३ फागुनमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले महाधिवेशन हुन नसकेका नेविसंघसहित १० भ्रातृ संंस्थाको केन्द्रीय समिति विघटन गरी तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । 

बैठकले आवश्यक परामर्श गरी तदर्थ समिति गठनको जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । सभापति देउवाले समिति गठनका लागि परामर्श गरिरहेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । ‘तदर्थ समिति बनाउने अधिकार सभापतिलाई छ, उहाँले आवश्यक परामर्श गरिरहनुभएको छ,’ उनले भने, ‘फागुन मसान्तभित्र तदर्थ समिति बन्छ ।’

०७३ मा भएको ११औँ महाधिवेशनबाट नैनसिंह महर सभापति निर्वाचित भएयता नेविसंघको महाधिवेशन हुन सकेको छैन । महरले कार्यकाल सकिएपछि २ माघ ०७५ मा राजीनामा गरेका थिए । त्यसयता निर्वाचनका लागि तदर्थ समिति गठन भए पनि महाधिवेशन हुन सकेको छैन । 

लामो समय महाधिवेशन नहुँदा नेविसंघको राजनीतिमा क्रियाशील ३२ वर्ष उमेर काटेकाको राजनीतिक भविष्य हेर्नुपर्ने दबाबमा पार्टी नेतृत्व छ । सभापति देउवाले ३२ वर्ष माथिकालाई समेत समेटेर जम्बो तदर्थ समिति बनाउन चाहेको उनीनिकट नेताहरू बताउँछन् । 

विवाद बढाउन पार्टीकै नेताहरूको समेत भूमिका देखिएको छ । तदर्थ समितिलाई लिएर पदाधिकारी तहका नेतामा दुईथरी मत छ । एक केन्द्रीय सदस्यका अनुसार नेताहरूले भ्रातृ संगठनको नेतृत्वलाई लिएर अनुकूलको आश्वासन दिने गरेका छन् । ‘उमेरहद पार गरेकालाई तपाईंहरू मर्कामा पर्नुभएको छ, हामी बुझ्छौँ र समेट्छौँ भन्ने गरेका छन्,’ उनले भने, ‘उमेरहद कायम गर्नुपर्छ भन्ने माग लिएर जानेलाई तपाईंहरूकै लागि त यो व्यवस्था गरेका हौँ भन्ने गरेका छन् ।’
 

ad
ad