१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १२:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

१७औँ लेखनाथ महोत्सव सुरु, १० करोडबराबरको कारोबार गर्ने लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १२:o१:oo

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ पोखराको लेखनाथमा १७औँ संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ। लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा महोत्सव सुरु भएको हो।

७ चैतसम्म चल्ने महोत्सवको बिहीबार अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका हुन्। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सहआयोजक रहेका महोत्सवलाई नेपाल पर्यटन बार्डले प्रवर्द्धन गरेको छ।

पोखरा २७ तालचोक, डाँडाकोनाकस्थित प्रदर्शनीस्थलमा सुरु भएको महोत्सवमा औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरूको पहिचान, बजार प्रवर्द्धन, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन, ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण गरी आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए।

महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, स्थानीय उत्पादन तथा कृषि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, फुड फेस्टिभल मुख्य आर्कषर्णको रूपमा रहका छन्।

तीन सय स्टल रहेको महोत्सवको दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने, १० करोड रुपैयाँबराबरको कारोबार, एक करोड पाँच लाख आम्दानी, ९० लाख खर्च र करिब १५ लाख रुपैयाँ बचत हुने मेला प्रचारप्रसार उपसमितिका संयोजक एवं संघका द्वितीय उपाध्यक्ष गोपीचन्द्र बाँस्तोलाले जानकारी दिए।

ad
ad